सूचनाको शक्ति - The Power Of Information

        

ज्ञानोदयमा निःशुल्क स्वास्थ्य शिविर

बाँके । लायन्स एण्ड लियो क्लब अफ नेपालगन्ज, खजुरा र न्यू भिजन नेपाल पोलिक्लिनिक प्रालि खजुराको संयुक्त आयोजनामा खजुरास्थित ज्ञानोदय नमुना माविमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

संविधान दिवसको अवसर पारेर आयोजित शिविरमा दाँत, कान र आँखाको परिक्षण तथा उपचारसमेत गरिएको हो । विद्यार्थीसँग लायन्स, हामी सेवा गर्छौ भन्ने नाराका साथ गरिएको शिविरमा विद्यार्थी र अभिभावकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिका कार्यवाहक प्रमुख एकमाया बिकले स्वास्थ्य जनताका आधारभूत आवश्यकता भएकाले यसतर्फ खजुरा गाउँपालिका सचेत रहेको बताइन् । खजुरा गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा भएको निःशुल्क दाँत, कान र आँखाको परीक्षणमा एक हजार बढीले सेवा लिएका आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १६:३३