बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले साढे ६ लाख मुल्य बराबरको अवैध केराउ बरामद गरेको छ । मंगलबार दिउँसो बढैयाताल गाउँपालिका–८ कण्ठपुर नजिकैबाट अवैध केराउ बरामद गरेको हो ।
प्रहरी निरिक्षक लक्ष्मण वलीको नेतृत्वमा गएको टोलीले भन्सार छलेर चोरी निकासी गरी नेपालबाट भारततर्फ लैजाने क्रममा बेवारिसे अवस्थामा सडक छेउमा थुपारेर राखेको ५० केजीका २६५ बोरा अवैध केराउ मरामद गरेको हो ।
बरामद गरिएको रु.६ लाख ६२ हजार ५०० मुल्य बराबरको अवैध केराउ आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया, बर्दिया पठाइएको प्रहरी निरिक्षक वलीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमूख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले अवैध चोरीपैठारी नियन्त्रण कार्यलाई तिव्रता दिने क्रममा केराउ बरामद भएको बताए । नेपालबाट भारततर्फ केराउ लगायतका सामाग्रीको तस्करी नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको प्रहरी उपरीक्षक बास्तोलाको भनाई छ ।
।