सूचनाको शक्ति - The Power Of Information

        

दैवले थापेको त्यो हात र भाग्यले बाँचेका हामी

भदौमा लाग्ने बझाङको प्रसिद्ध विर्सति मेला जानका लागि सदरमुकाम चैनपुरबाट २० गते दिउँसो ४ बजेतिर हाम्रो टिम तयारी अवस्थामा थियो । जीप चढ्नका लागि हाम्रो टोली सुर्मादेवी मन्दिर अगाडि कुरिरहेको थियो । केहीबेरमा जीप आइपुग्यो, हामी दुर्गाथलीतिर हुइकियौं । जीपमा नेपाल पत्रकार महासघं जिल्ला शाखा बझाङका अध्यक्ष जगदीस रोकाया, कान्तिपुरकर्मी वसन्तप्रताप सिंह, राससका रमेश केसी, जीप मालीक चक्र बोहरा, शिक्षाप्रेमी जोशी र म थियौ ।

बाटोमा हामीले चिनेका साथीहरुका बारेमा कुराकानी गर्दै रमाइलो गरेर अगाडी बढ्यौ । मोरिबगरमा एक होटलमा अन्डा र चाउचाउ पकाउन लगायौं । केहिबेरमा नास्ता पाक्यो सबै जनाले नास्ता खाएर हामी अर्काे फोरव्हिल गाडीमा दुर्गाथलतर्फ उकालो लाग्यौ । करिब ४५ डिग्रीभन्दा ठाडो उकालो र साँघुरो सडकमा गाडी हल्लिँदा डराएका साथीहरुले बलियो गरी सिट समातेका थिए । कतिवेला उकालोमा चढ्न नसकेर गाडी खोलामा पुग्छ वा साँघुरो सडकका डिलबाट फुत्त भिरमा खस्छ जस्तो लाग्थ्यो ।

केहीवेरमा हामी चौधारी प्रवेस गर्याै । हरिया गलैचा ओछ्याएजस्ता जिउला, जिउलाको सिरानीमा लहरै मिलाएर बनाएका घर । जता हेर्याे उतै सुन्दर दृष्यले डर हरायो । हामी रोमाञ्चित भयौ । गाडीमा बजिराखेको गितले यो सुन्दरतालाई संगीतमय बनाई रहेको थियो । मेलापात गरेर फर्कदै गरेका मानिसहरु आफ्नो गन्तव्यतर्फ गइरहेका दृष्य पनि हेरिरहुँ लाग्ने थालका थिए । हाम्रो गाडी आफ्नै गतिमा उकालो चढ्दै थियो । विस्तारै यो सुन्दर दृष्य ओझेल पर्दै थियो ।

अक्करे भिर खोस्रेर डोजरले खनेको ठाडो सडक, त्यसैमाथि खाल्टा खुल्टी । गाडी हल्लिँदा हामी कहिले अगाडीको सिटमा हुत्तिन्थ्यौ । कहिले छेउको साथीको शरिरमा ठोक्किन पुग्थ्यौं । मेलाबाट कहिले फर्कने भनेर एक आपसमा कुराकानी गर्दै र अगाडि गएका साथीहरुसँग फोन गर्दै बाटोको अवस्था बुझेदै गैरहेका थियौ । त्यो सडकमा मेला भएका कारणले होला जीपहरु र मोटरसाइकलहरु बाटोभरि तलमाथि गरिराखेका थिए ।

बाटोको विषयमा कुराकानी हुँदै थियो साखा सडक, बझाङमा भैरहेको डोजर आतंकका बारेमा छलफल गर्दै बाटोमा आएको पानी र रातोमाटोका कारण गाडी चिप्लिएर पानीमा डुङ्गा गए जसरि यताउती जान खोज्थ्यो । गाडी चालकले कन्टोल गरेरै लिन खोजे सडकमा कहिखोला त कहि रातो माटो, कहि गुडगुडे ढुङ्गा थिए । गुडगुडे ढुङ्गा भएको ठाउँमा बे्रकले कामै गर्दैन भनेर गाडी चालकले भन्दै थिए । कान्तिपुरकर्मीले केहि हतार छैन विस्तारै चलाउनु भनेर गाडी चालकलाई बेलाबेला अनुरोध गर्दै थिए ।

उकालो ओरालो बाटो हुँदै हामी मेला लाग्ने ठाउँ नजिकै पुग्नै लागेका थियौ । पछाडिबाट अर्को गाडी पनि आउँदै थियो । उकालोमा करिब १० मिटर जति उकालो चढिसकेको गाडी एक्कासी व्याक हुन थाल्यो । गाडीको आवाज र गति हेर्दा नियन्त्रण गुमाएको प्रष्टै थाहा हुन्थ्यो । त्यतिकैमा बसन्त जीपको ढोका खोल्न खोज्दै गर्दा भुइमा पछारिए । ड्राइभरले गाडी गयो भाग्नुस् भन्दै थियो । म के भयो भनेर अलमलमा परे । पत्रकार महासघं अध्यक्ष जगदीस रोकाया पनि बाहिर निस्के अब त्यो गाडीमा म, गाडी मालिक र राससकर्मी रमेस र शिक्षाप्रेमी मात्र बाँकी थियौ ।

मैले के भयो भनेर केही सोच्नै सकेको थिएन । म अझै जीप मै बसेको थिए । एक्कासी मैले जीपको झ्यालबाट बाहिर हेरे कान्तिपुरकर्मी लगायत पछिल्लो गाडीमा आएका यात्रुहरु जम्मै गाडीको अगाडि पछाडि जम्मा भएका थिए । मलाई गाडी गएको कुरा कुनै थाहा थिएन मैले कान्तिपुरकर्मी लडेको देखे मैले गाडी ब्याक भएर पछाडिको गाडीसँग ठक्कर खाएको रहेछ भनेर हतारहतारमा गाडी बाहिर निस्के म पछाडि बसेका राससकर्मी मेरो नजरमा देखिन । मैले सोचे तलपट्टि ठाउँ छ भनेर गाडीको झ्याल खोलेर हाम फालेकी भन्ने मेरो मनमा सोच गयो मैले यताउति हेरे सबै जना गाडिबाट ओर्लिसकेका थिए ।

मैले सोधे के भयो सबै जना गयो गयो छिटो ओर्लौ भन्दै थिए । चालक गाडीमै थिए । मैले जीपतिर हेरे । जीपको अगाडिको एक पाङग्रा र पछाडिको एक पाङग्रा सडकभन्दा बाहिर गएको थियो । मैले तलतिर हेरे । करिब ८ बजेको थियो, राती भएकाले होला, तलपट्टि चट्टानजस्तै खोला थियो । हामी त्यहाँबाट खसेको भए कोही पनि बच्दैन थिएनौं होला । गाडी हल्लिरहेको थियो । गाडीको एउटा पाङग्रामा कसले ओट हालेको थियो । करिब करिब जीप ८० प्रतिशत सडकभन्दा तल थियो ।

१० प्रतिशत सडकमा थियो । पछिल्लो गाडीका सबै यात्रुहरु आएर जीपमा डोरी लगाए माथितिर तान्न कोसिस गरिराखेका थिए । गाडी चालकले डोरी लगाएर आधाले ताने र चालकले जीप सडकमा ल्यायौं । अब हामी गाडीमा जाने कि हिडेर जाने भनेर कुरा गरि राखेका थियौ । सबैले आ–आफ्नो घरमा फोन गरेर सबैकुरा बतायौं । हामी फेरि गाडीमा चढ्यौ । एउटा हु बागभन्ने चरा सडकबाट उडेर आकासतिर गयो ।

कसैले यसलाई भगवानको अवतार गरेर आयो भने, कसैले हामीलाई बचाउन आयो भने, जय दुर्गा माता, जय कालीका माता, जय कुले देवता भन्दै आ–आफ्नो देवतालाई पुकार्दै दृर्घटनालाई स्मरण गर्दै गाडी चालकलाई विस्तारै चलाउन अनुरोध गर्यौं । गाडी चालकले पनि भगवानले हात थापेको भन्दै गाडी आफै कसरी रोकियो भनेर छक्क परे । आखिर मर्नु नलेखेको रहेछ । भाग्यले बाँचियो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १६:०६