सूचनाको शक्ति - The Power Of Information

        

नेकपाका नेता वामदेव गौतमलाई डेंगु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ । शनिबारदेखि उच्च ज्वरो आएपछि डेंगुको आशंकामा नेता गौतमले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए ।

केहि समयअघि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ । यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो ।

त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डासन्दुक रुइतलाई पनि डेंगु देखिएको छ । शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार ०८:३४