सूचनाको शक्ति - The Power Of Information

        

मृगौला पीडितलाई वडाध्यक्षको सहयोग

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले दुबै मृगौला फेल भएका बाँके खजुराका अमित दर्जीलाई आर्थिक सहयोग गरेका छन् । वडाध्यक्ष बेहनाले दर्जीको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

आर्थिक अभावमा उपचार गर्न नसकिरहेको समाचार बाहिर आएपछि दर्जीका आफन्तलाई सहयोग गरेको वडाध्यक्ष बेहनाले बताए । उनले आफु सधैं इमान्दारीताको बाटोमा हिँडेको र आफुले अप्ठ्यारोमा परेर स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएकालाई सहयोग गर्न तयार रहेको बताए । आफू वडाध्यक्ष मात्र नभई जनताको सेवक भएको उनले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार २०:२३