सूचनाको शक्ति - The Power Of Information

        

मोफसलमा ‘मारुनी’, आइपुग्यो नेपालगन्ज

बाँके । यतिखेर चलचित्र ‘मारूनी’ टिम मोफसलमा छ । चलचित्रको प्रचार प्रसारका लागि मारूनी टिम मोफसल पुगेको हो । भदौ ४ गते इटहरी पुगेर चलचित्रको प्रचार गरेको टिम भदौ ५ गते चितवन पुगेको थियो । त्यहाँ मारूनी टिमले भव्य कन्सर्टसमेत गर्यो ।

यस्तै चितवनपछि पोखरा, बुटवल हुँदै मारुनी टिम आज नेपालगन्ज आइपुगेको छ । नेपालगन्जको होटेल कल्पतरुमा आज आइतबार बेलुका ५ बजे भब्य कन्सर्टको आयोजना गरिँदैछ । सो कन्सर्टमा नेपालगन्जको स्थानीय ब्याण्डले पनि आफ्नो प्रस्तुती गर्नेछन् ।

प्रवेश निशुल्क राखिएको सो कन्र्सटमा मारुनी चलचित्र टिमसंगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, गायक कृष्ण काफ्ले, निर्देशक नवल नेपाल र निर्माता पुनम क्षेत्री गौतमको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

यसअघि भएका कन्सर्टमा कलाकारद्वय पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रको दुई गीत ‘जाम न माया जाम’ र ‘सक्दिन म बाँच्न’मा नृत्य गरे । उनीहरु नाच्दा दर्शकहरुले जोडले हुटिङ गरेका थिए । मारुनी चलचित्र भाद्र १३ मा प्रदशन हुदैछ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतवार १५:३७