सूचनाको शक्ति - The Power Of Information

        

चाड नजिकिएपछि खर्च जुटाउन भारततिर

बाँके । सरकारले  तीन तहको  निर्वाचनपछि बन्ने  बलियो  स् थानीय, प्रदे श र के न्द्र सरकारले  रो जगार सिर्जना गर्छ । हरे क ने पाली स् वरो जगार हुन्छन् भन्ने  कुरामा अहिले पनि नेपाली युवाहरु विश्वस्त देखिँदैनन् । र, धेरै युवाहरु अहिले पनि बेरोजगार नै छन् । यतिबे ला ने पालगन्ज नाकाबाट आन्दो लनमा निस् के को  झुण्डजस्तै भारत प्रवेश गर्ने ने पालीको लर्को लागे को  छ ।

साविकको मध्यपश्चिम क्षेत्रका जाजरकोट, दै ले ख, रुकुम, रो ल्पा, कालीको ट, सल्यान, प्युठान दाङ्गका मानिसहरु समूह बनाएर भारततिर गइरहे का छन् । वषेर् बाली लगाउन घर आएकाहरु पुनः मजदुरीका लागि भारत फर्किएका छन् । ‘घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो, तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ,’ नेपालगन्ज भन्सार नाकामा आफ्नो बाध्यता सुनाउँदै जाजरकोट छेडागाड नगरपालिकाका मानसिंह नेपालीले भने ।

घरबाट बिदाइको हात हल्लाएर निस्कने उहाँमात्रै हुनुहुन्न । मानसिंहसँग गाउँका अन्य २०/२५ जना युवा जनशक्ति पनि थिए । रोपाइँको काम सकिएपछि उनीहरु कमाउने ठूलो आश बोकेर भारततर्फ लागेका छन् । ‘यो बेला अब त्यतिधेरै काम पनि हुँदैन,’ सोही ठाउँका मंगल पुनले भने, ‘अब एकैचोटी चाडपर्वमा फर्किने गरी कमाउनका लागि गइरहेका छौं ।’ उनीसँगै आएका सबै युवाहरु भारतको सिमला, कालापहाड लगायतका ठाउँमा काम गर्न गएका हुन् ।

रोपाइँको काम सकिएपछि अहिले धमाधम युवा जनशक्ति भारत पलायन भइरहेको छ । मौसम अनुसार मजदुरी गर्न नेपाली युवा धमाधम भारत पस्न लागेका हुन् । रोपाइँको काम सकेर भारतमा छोटो अवधिका लागि युवा जनशक्ति काम गर्न जाने गर्दछन् । अहिले भारत जाने त्यस्ता युवाको नेपालगन्ज भन्सार नाकामा लर्को लाग्ने गरेको छ । गाउँघरमा खेतीपातीको काम सकिएसँगै रोजगारीको व्यवस्था नरहेकाले भारत जान लागेको मानसिंहले बताए ।

‘घरमा खेतीपातीको काम सकिएको छ,’ उनले थपे, ‘अलिअलि बाँकी रहेका काम घरपरिवारका अरु सदस्यले गरी हाल्छन् । हामी अब एकैचोटी दशैंतिहारमा मात्रै उताबाट फर्किन्छौं ।’ संघ तथा प्रदेश सरकारले युवाहरुलाई प्रदेशमै रोजगारीको अवसर सृजना गरी भारत जाने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आए पनि रोजगारीको खोजीमा भारत जानेको संख्यामा कमी हुन सकेको छैन ।

रोपाइँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरु भारतको हिमाञ्चल प्रदेश, सिमला, पुने, रिमा लगायतका ठाउँमा कामका लागि जाने गरेका छन् । खास गरेर उनीहरु स्याउ टिप्न, घाँस काट्न लगायतको कामको लागि जाने गरेको मानसिंह बताउँछन् । साउनमा गएकाहरु तीन/चार महिना काम गरेर दशैंतिहारमा फर्किन्छन् । चार/पाँच महिना काम गर्न पाएमा चाडपर्वको बेला रु.४०/५० हजार कमाएर फर्किने गरेको मानसिंहले बताए ।

रोपाइँको काम सकिएपछि अहिले धमाधम युवा जनशक्ति भारत पलायन भइरहेको छ । मौसम अनुसार मजदुरी गर्न नेपाली युवा धमाधम भारत पस्न लागेका हुन् । रोपाइँको काम सकेर भारतमा छोटो अवधिका लागि युवा जनशक्ति काम गर्न जाने गर्दछन् ।

‘काम राम्ररी गर्न पाइयो भने कमाइ पनि राम्रै हुन्छ,’ पहिले पनि सिमला गइसकेका उनले भने, ‘तर, राम्ररी काम गरिएन भने भारु.२०/२५ हजार लिएर आउनुपर्छ ।’ गाउँघरबाट भारतमा रोजगारी गर्न जाने प्रायः सबै बाध्यताले जाने गरेका छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनीहरुलाई मजदुरी गर्न जानुपर्ने बाध्यता छ । चाडपर्व र खेतीपातीको काम सकिएपछि कामको खोजीमा दिनहुँ धेरै व्यक्ति भारततर्फ पलायन भइरहेका छन् ।

खेतीपातीको काम सकिएकाले केही कमाउने आशमा भारत जान लागेको सुर्खेत सिम्ता गाउँपालिकाका हरिश महताराले बताए । ‘अब एकैचोटी चाडपर्व मनाउनका लागि फर्किन्छौ’, उनले भने । सिमलामा स्याउ टिप्ने र बोक्ने काममा जान लागेको उनले बताए । भारत जानेमा उनीहरुमध्ये कोही यसअघि पनि त्यहाँ गएर काम गरिसकेका छन् भने कोही पहिलो पटक जाँदैछन् ।

५० बर्ष नाघिसकेकासुर्खेत चिङ्गाड गाउँपालिकाका आइते नेपालीले गाउँघरमा रोजगारीको व्यवस्था नरहेकाले केही कमाउने उद्देश्यका साथ विगतदेखि नै भारतमा गएर मौसमी काम गर्दै आएको सुनाउँदै भने, ‘गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी सधैं जानु पर्दैनथ्यो ।’ आफ्नो  उत्पादनले  वर्षभरि खान नपुग्ने  भएपछि साविकको मध्यपश्चिमका पहाडी जिल्लाका ने पालीहरु प्रायः भारतमा मजदुरी गर्नकै लागि जाने गर्छन् ।

सल्यान बनगाड कुपिन्डे नगरपालिकाका बलबहादुर बिष्टले वषेर् बाली लगाउन आएको  र सिद्धिएपछि काममा फर्किएको  बताए । घरको आर्थिक अवस्था नाजुक भएका कारण मजदुरी गर्न भारत जान लागेको उनले बताए । ‘राम्रो काम पाएपछि धेरै समय बस्ने गरी गइरहेको छु,’ उनले भने, ‘कहिले फर्किने भन्ने निश्चित छैन ।’ पहाडी जिल्लाबाट युवाहरु भारत पसेपछि गाउँ नै सुनसान हुने गरेका छन् ।

‘खेतीबारी थोरै छ । परिवार पाल्नै पर्यो । खेती गरेर सधंै मजदुरीका लागि भारत जानैपर्छ,’ भारत जाँदै गरेका सल्यानका रामबहादुर रावतले भने, ‘मजदुरीका लागि भारत नगई सुखै छैन ।’ बेरोजगार युवाहरु काम गर्न विदेश हिँडेपछि गाउँमा महिला, बालबालिका र वृद्धा मात्रै हुने गरेका छन् । धान रोपाइँ सकेपछि ३/४ महिना खाली बस्नुपर्ने र नेपालमा कुनै रोजगारीका अवसर नभएका कारण उनीहरु भारत जान बाध्य भएको रावतले बताए ।

स्वदेशमै पर्याप्त रोजगारीको व्यवस्था नहुनु र आर्थिक अवस्था कमजोर हुने हुँदा मजदुरीका लागि भारत जाने बाध्यता हट्न सकेको छैन । ने पालगन्ज नाकाबाट अहिले  दै निक ७/८ सयको संख्यामा ने पालीहरु भारततिर गइरहे को सीमा प्रहरी चौकी जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधव रिजालले बताए । उनले भने, ‘को ही समूह–समूह बनाएर त को ही २/४ जना मिले र कामका लागि नाका पार गदैर् छन् ।’

अहिले  गएका वा वषेर् बाली लगाउन घर नआएका ने पालीहरु दशैंतिहारमा घर फर्किन्छन् । त्यतिबे ला नाकामा भीड लाग्ने गर्छ । सरकार दे शमै  रो जगारको  कुरा गरिरहन्छ । तर, ने पालीहरु घरपरिवारलाई छो डे र अर्काको  दे शमा मजदुरी गर्न झो ला बो के र हुलका हुल निस्किएका छन् । आफ्नो  उत्पादनले  ५/६ महीना खान नपुग्ने  पहाडी जिल्लाका कतिपय मानिसहरु परिवारै सहित भारत जान्छन् ।

प्रहरी नायव निरीक्षक रिजालले भने, ‘बिहानदेखि साँझसम्म मजदुरी गर्नकै लागि नेपालीहरु लर्को लागेर भारत गइरहेका छन् । दैनिक सयौं नेपाली कामका लागि देश छोडिरहेका छन् ।’ आफ्ना बालबालिकाको पढाईको चिन्तासँगै खाने खर्चको जोहो गर्नकै लागि भारत जानुपरेको उनीहरु बताउँछन् । स्वदेशमा बेरोजगारीको समस्या भएकै कारण विदेशमा काम गर्न जानुपर्ने हरेक नेपालीको बाध्यताजस्तै भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १६:२६