सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर पीडित विरहीलाई ५० हजार सहयोग

बाँके । क्यान्सरबाट पीडित भएका साहित्यकार तथा पत्रकार रेशम विरहीलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले रु.५० हजार २०१ सहयोग गरेको छ । विरहीको उपचार सहयोगार्थ आर्थिक संकलन अभियान सञ्चालन गरेको प्रतिष्ठानले सोमबार उक्त रकम विरहीलाई उपलब्ध गराएको हो ।

प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालका अनुसार पूर्णिमाले सुरु गरेको अभियानलाई समर्थन जनाउँदै विभिन्न ब्यक्तिहरुले उपलब्ध गराएको रकम संकलन गरी विरहीलाई प्रदान गरिएको हो । हाल भरतपुर महानगरपालिका वडा नं १६ मा बसोबास गर्दै आएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत उनलाई उपचारमा सहयोग गर्न रकम प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष ढकालले बताए ।

यसरी सहयोग गर्नेहरुमा इजरायलबाट दिपक क्षेत्रीले रु.१० हजार, प्रदिप भट्टराईले रु.१० हजार, शंकर अशान्तले रु.५ हजार, केशब सिग्देलले रु.५ हजार, सागर गैरेले रु.५ हजार, प्रितमसिंह राजभण्डारीले रु.५ हजार, प्रेम पुनले रु.२ हजार, बेगम थापाले रु.१ हजार १०१, महानन्द ढकालले रु.१ हजार १००, मानव सहयात्रीले रु.१ हजार, पुष्कर रिजालले रु.१ हजार, देवकी निरौलाले रु.१ हजार, ओम रानाक्षेत्रीले रु.१ हजार, नमिता बरालले रु.१ हजार, निमेष शाहीले रु. ५०० र बद्रि ढकाल रु.५०० रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार ०९:५५