सूचनाको शक्ति - The Power Of Information

        

बकर इदमा प्रदेश सरकारले दियो सार्वजनिक विदा

बाँके । इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात् इदुलफित्रपछिको दोस्रो ठूलो चाड हो । रमजानको ७० औँ दिनमा मनाइने यो पर्वमा आर्थिकरूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन् ।

पर्वको अवसरमा प्रदेश ५ सरकारले भोलि (सोमवार) सार्वजनिक विदा दिएको छ । प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ती जारी गरी इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड इदउल अजहाको अवसरमा सोमवार विदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ सरकारले पनि इदकै अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतवार १८:३५