सूचनाको शक्ति - The Power Of Information

        

तीन घण्टाअघि मोदीलाई बधाई दिएकी भारतीय पूर्व विदेशमन्त्रीको निधन

नयाँदिल्ली । भारतीय जनता पार्टीकी वरिष्ठ नेता एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । भारतीय जनता पार्टीकी वरिष्ठ नेता एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । हृदय घातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाइ अचानक हृदयघात भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्य खराबका कारण उनलाई अस्पतालले बचाउन सकेन । केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्य नितिन गडकरी एम्स अस्पतालमा पुगेका छन् । साथै सुष्माका श्रीमान र उनका परिवारका सदस्यहरु पनि अस्पताल पुगिसकेका छन् । यसअघि सुष्माले तीन घण्टा पहिले मोदीलाई बधाई दिँदै काश्मिरको मुद्दामा ट्विट गरेकी थिइन् ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत दुख व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्,’ सुषमा जी एक प्रख्यात वक्ता र उत्कृष्ट सांसद हुन् । उहाँ पार्टी पंक्तिमा सम्मानित र प्रशंसनीय हुनुहुन्थ्यो । जब बीजेपीको पार्टी सिद्धान्त र स्वार्थको को कुरा आउँथ्यो, र बीजेपीका लागि उहाँको योगदान अतुलनीय छ ।’ प्रधानमन्त्री मोदीले आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट निरन्तर सुषमालाई सम्बोधन गर्दै चार ट्विट गरेका छन् ।

जहाँ उनले भारतका र बीजेपीका लागि सषमा योगदान र उनको निधनबाट हुने क्षतिको बारेमा उल्लेख गरेका छन् । उनको निधनमा दुस्ख व्यक्त गर्दै पहिलो ट्विट भारतीय कंग्रेसले गरेको थियो । कंग्रेसले गरेको ट्विटमा भनिएको छ, ‘श्रीमती सुषमा स्वराजको असामयिक निधनको खबर सुनेर निकै दुखी बनाएको छ । उहाँप्रति श्रद्धाञ्जली र उहाँको परिवार तथा प्रियजनमा समवेदना ।’

सन् १९७७ मा पहिलो पटक चुनाव लडेकी थिइन्

सुष्मा स्वराजले सन् १९७७ मा पहिलो पटक चुनाव लडेकी थिइन् । त्यतिबेला उनी २५ वर्षकी थिइन् । उनी हरियाणाको अंबाला सीटमा उम्मेदवार उठेर सबैभन्दा धेरै मतका साथ युवा विधायकका रुपमा चुनाव जितेकी थिइन् । त्यतिबेला उनलाई हरियाणाको देवीलाल सरकारले मन्त्रीसमेत बनाएको थियो ।

सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री

९० को दशकमा सुष्मा स्वराजले राष्ट्रिय राजनीतिमा पाइला चालेकी थिइन् । अटल बिहारी बाजपेयी सरकारले उसलाई मन्त्री बनाएको थियो । सन् १९९८ मा उनले अटलको मन्त्री परिषद्बाट राजीनामा दिएर दिल्लीको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । तर यसपछि भएको दिल्लीको विधानसभा चुनावमा भाजपाको हार भएको थियो । पार्टीको हार पश्चात सुष्माले विधानसभाको सदस्यता छाडेकी थिइन् र फेरि राष्ट्रिय राजनीतिमै फर्किएकी थिइन् ।

सन् १९९९ मा बेल्लारी लोकसभा सीटमा सोनियासँग उनले हार व्यहोर्नुपरेको थियो । सन् १९९६ मा भएको लोकसभा चुनावमा सुष्षमा दिल्लीको सांसद थिइन् । यसपछि १३ दिनको अटल बिहारीको सरकारको तर्फबाट केन्द्रीय सूचना एवं प्रसारण मन्त्री भएकी थिइन् । मार्च १९९८ मा दोस्रो पटक पनि अटल बिहारीको सरकार बनेको बेला फेरि आइबी मन्त्री बनेकी थिइन् । तर सन् १९९९ मा उनी बेल्लारी लोकसभा चुनावमा भने सोनिया गान्धीसँग चुनाव लड्दा हार भोगेकी थिइन् ।

सन् २०१४ देखि सन् २०१९ सम्म भारतीय विदेशमन्त्री

सुष्माले सन् २००९ तथा सन् २०१४ मा विदिशाबाट लोकसभा चुनाव जितेकी थिइन् । सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको रुपमा जिम्मेवारी सम्हालिन भने विश्वभर ट्विटरमा अभियान समेत चालाइन् । उनले स्वास्थ्यको कारण सन् २०१९ को लोकसभा निर्वाचनमा भाग नलिने निर्णय गरेकी थिइन् । भाजपाको जित पछि पनि उनी दोस्रो पटक विदेशमन्त्री बन्न चाहन्थिन् । तर उनको स्वास्थ्य खराबका कारण मन्त्री हुनबाट वञ्चित भइन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार ०७:२३