सूचनाको शक्ति - The Power Of Information

        

एनआएनए कतार युवा संयोजकमा नेपालगन्जका डाँगीको उम्मेद्वारी

कतार । गैर आवासीय नेपाली संघ (एनआएनए) सीसी कतारको युवा संयोजकमा बाँकेका श्याम डाँगीले उम्मेद्वारी दिएका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० आदर्श नगर घर भइ हाल रोजगारीका सिलसिलामा कतारमा रहेका डाँगीले २०१९–२०२१ कार्यकालका लागि उम्मेद्वारी दिएका हुन् ।

१५ बर्षदेखि कतारमा रहेर विभिन्न सामाजिक संस्थामा आवद्ध डाँगी कतारमा विभिन्न पेशा, व्यवसाय गरेर बसेका नेपालीहरुमा चर्चित छन् । उनी कतारमा रहेका नेपालीहरुमाथि आइपर्ने समस्या समाधानका लागि सधैं अग्रसर रहने गरेका छन् । २०१४–२०१७ देखि एनआरएनए सीसी कतारको पार्षद सदस्य रहँदै आएका डाँगी कतारमा रहेका युवाहरुलाई संगठीत गर्दै मध्यपान, धूम्रपानजस्ता कुलतबाट टाढा रहन सचेततामूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

‘एनआरएनएको लागि युवा’ भन्ने मुल उद्देश्यसहित कतारमा रहेका नेपाली युवाहरुका विभिन्न समस्या तथा मुद्दाहरुको समाधान गर्नका लागि आगामी कार्याकालका लागि उम्मेद्वारी दर्ता गराएको डाँगीले बताए । संयोजकमा उम्मेद्वारी दिएका डाँगीले कतारमा रहेका नेपाली युवाहरुलाई त्यहाँको कानुनका बारेमा समेत सचेत गराउँदै आएका छन् । उनले युवा संयोजकमा उम्मेद्वारी दर्ता गराउँदै कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार ०७:१३