सूचनाको शक्ति - The Power Of Information

        

कपडा किन्न बजार गएका बालक बेपत्ता

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–६ थापा गाउँका एक बालक एक हप्तादेखि बेपत्ता भएका छन् । घरबाट लुगा किन्न बजार जान्छु भनेर घरबाट हिँडेका मानबहादुर गुरुधामीका १५ बर्षीया छोरा झलक गुरुधामी (घरमा बोलाउने नाम आने) एक हप्तादेखि बेपत्ता भएका हुन् ।

गुरुधामी एक हप्तासम्म घर नफर्किएपछि उनका परिवार खोजीको लागि चैनपुर बजार पुगेका थिए । सबै ठाउँमा खोजी गरिसकेको र अहिलेसम्म यहाँ छ भन्ने पत्ता नलागेको उनका दाई राजु गुरुधामीले बताए । उनी कक्षा ६ मा श्री चन्द्रय उमावि भाडसैनमा अध्ययन गर्दै आएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार १३:३०