सूचनाको शक्ति - The Power Of Information

        

साढे दुई किलो चाँदीसहित एकजना पक्राउ

बाँके । बाँके प्रहरीले रु.एक लाख ७१ हजार २४१ मुल्य बराबरको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–६ बर्दियाका ३१ बर्षिय सुवास गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

विशेष सूचनाका आधारमा गुप्तालाई नेपालगन्ज उपमहानगरपालिका–८ सदरलाइनबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिए । प्रहरीले पक्राउ गरेको ५ किलो ४९५ ग्राम धातुमध्ये परिक्षणपछि २ किलो ७१७ ग्राम ५०० मिलिग्राम चाँदी रहेको पुष्टी भएको छ ।

गुप्तालाई चेकजाँचका क्रममा उनले बोकेको झोलामा रहेको चाँदीको जस्तो देखिने धातुका गरगहना फेला पारेपछि परिक्षणको लागि सुनचाँदी व्यवसायी संघ नेपालगन्जमा पठाएर परिक्षण गरिएको थियो । पक्राउ परेका गुप्तालाई चाँदीसहित आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार १८:४२