बाँके । चार वर्षअघि निर्माण सम्पन्न भएको नेपालगन्जको राँझादेखि जमुनहासम्मको ‘फोरलेन’ सडकमा पचासौँ ठाउँमा खाल्डाखुल्डी परेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक डिभिजन कार्यालयमार्फत यो सडक निर्माण गरिएको हो ।
पप्पु निर्माण कम्पनीले निर्माण गरेको गरेको यो सडक शुरुआती चरणमै विवादमा परेको थियो । सडक निर्माणमा चरम लापरवाही भएकामा त्यसैबेला स्थानीय राजनीतिक दल, नागरिक समाजले विरोध जनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखायो तर अन्ततः कसैको केही लागेन र कमसल खालको सडक निर्माण भएरै छाड्यो ।
कूल १० किलोमिटर लम्बाइको यो सडकको खाल्डाखुल्डी नेपालगन्ज उपमहानगरपालिकाले बेलाबेलामा पुर्ने गरे पनि कमसल निर्माणका कारण सडकको अर्को स्थानमा खाल्डाखुल्डी पर्ने गर्छ । सडकको दयनीय अवस्थाका कारण उपमहानगरपालिका अहिले सडक टालटुलको काममा लागेको छ । ‘सवारी साधन दुर्घटना हुनबाट जोगाउन बेलाबखत खाल्डाखुल्डी पुर्ने गरेका छौं, उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।
सत्यपाटी - ।