सूचनाको शक्ति - The Power Of Information

        

फेसबुक क्रेज : टिनएजर घट्दै, ४५ वर्षमाथिका बढ्दै

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकबाट टिनएजर र युवा टाढिँदैछन् । कन्सल्टेन्सी ईमार्केटरका अनुसार ६० वर्षका बृद्धको तुलनामा १६ वर्षीय अमेरिकी फेसबुकलाई निकै कम मन पराउन थालेका छन् । कम्तीमा महिनामा एकपटक फेसबुकमा लग इन गर्ने १२ देखि १७ वर्षका युवाको प्रतिशत मात्र ३९ रहेको छ । सन् २०१५ यो संख्या ६० प्रतिशत रहेको थियो । ४५ वर्षदेखि ६४ वर्ष आयु भएका मानिसमा यो संख्या ५८ प्रतिशत रहेको छ ।

तथ्यांकका अनुसार अन्य देशमा पनि यस्तै ट्रन्ड देखिएको छ । त्यसो त फेसबुकको उपयोगको नापजोख निकै जटिल रहेको छ । कम्पनीले सन् २०१९ को पहिलो तीन महिनामा २ अर्ब फर्जी प्रोफाइल बन्नबाट रोकेको थियो । सन् २००३ मा मार्क जकरबर्गले हार्वर्डमा आफ्नो कक्षाका साथीहरुको आकर्षित गर्न सक्ने क्षमताको र्या्ङ्किङ्ग गर्नका लागि एक वेभ साइट फेसमास डटकम बनाएका थिए । तर, कलेजले त्यसलाई डिलीट गरिदिएको थियो ।

१९ वर्षीय मार्कले त्यसपछि फेसबुक ल्याएका थिए । सन् २००६ मा यसका १ करोड प्रयोगकर्ता थिए । यसलाई विद्यार्थीको नेटवर्किङ साइटका रुपमा चिनिन्थ्यो । अहिले फेसबुकका २ अर्बभन्दा बढी प्रयोगकर्ता रहेका छन् । तर, पछिल्लो समय टिनएजर र युवा फेसबुकबाट टाढिन थालेका छन् । यसमा युवाहरुको विद्रोही स्वभावले पनि भूमिका खेलेको छ । कयौँ टिनएजर आफ्नो परिवारका सदस्यसँग नेटवर्क शेयर गर्न चाहँदैनन् । आरबीसी बैंका मार्क महाने कन्टेन्टका कारण पनि युवा फेसबुकबाट अलग भइरहेको बताउँछन् ।

स्न्यापच्याट र इन्सटाग्रामले टिनएजरहरु तस्विर र रोचक स्टोरी हरेक क्षण सेयर गर्न पाउँछन् । फेसबुकको जोड समाचार र सन्देशमा छ । फेसबुक भाग्यमानी पनि छ । सन् २०१२ मा इन्सटाग्राम र २०१४ मा मेसेजिङ एप ह्वाटसएपलाई अधिग्रहण गरेको थियो । फेसबुक मेसेन्जरलाई जोड्ने हो भने कम्पनीसँग (इमेल छाडेर) सबैभन्दा अधिक उपयोग गरिने पाँच मध्ये चार कम्युनिकेसन एप रहेको छ । फेसबुकले अलग अलग प्लाटफर्मको आम्दानी बताउने गरेको छैन ।

तर, कीबैङ्क क्यापिटल मार्केट्सका एन्डी हारग्रीब्सका अनुसार यसवर्ष फेसबुकको ४६९१ अर्बको आयमा इन्सटाग्रामको हिस्सा २३ प्रतिशत हुनेछ । यो अनुमान विज्ञापन दाताहरुको सर्भेमा आधारित हो । इन्सटाग्राममा स्टोरीको फरम्याटमा धेरै विज्ञापन दिइन्छ । त्यही भएर यसको आम्दानी बढ्ने अनुमान गरिएको छ । सन् २०२० देखि ह्वाटसएपमा पनि विज्ञापन शुरु हुनेछ । त्यतिबेला उसले डिजिटल करेन्सी लिब्रा लञ्च गर्ने पनि तयारी गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतवार १३:५१