सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक काम आफ्नै तलब खर्चिँदै वडाध्यक्ष मल्ल

बाँके । बाँकेको खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लले तीन महिनाको पारश्रमिक सामाजिक कामका लागि सहयोग गरेका छन् ।

मल्लले खजुरा ४ ईगाउँमा श्मसानघाट निर्माणका लागि तीन महिनाको ६० हजार रुपैयाँ सहयोग गरेका हुन् । श्मसानघाट ब्यवस्थापन समितिका अध्यक्ष उज्वल विसीले वडाध्यक्ष मल्लबाट सहयोग प्राप्त भएपछि बाँकी निर्माण कार्य पुरा गर्न सहज भएको बताए ।

सो अवसरमा वडा नं. ४ का स्थानीय अगुवा देवराम विसी, शेरबहादुर बिसी, डम्बर खड्का, मानबहादुर सिंह ठकुरी, केवल वली, वीरबहादुर विसी, भोला मल्ल, जगदिश खत्री लगायतको उपस्थिति थियो । वडा अध्यक्ष मल्लले मासिक पारिश्रमिक विभिन्न सामाजिक काममा खर्च गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतवार ०८:२७