सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको आन्तरिक आम्दानी १४ करोड

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७५/०७६ मा १४ करोड बढि आन्तरिक आम्दानी गर्न सफल भएको छ । लक्ष्यभन्दा बढि आम्दानी गर्न सफल भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले बताए ।

उपमहानगरपालिकाले रु.१४ करोड ११ लाख आन्तरिक आम्दानी हुने लक्ष्य राखेकोमा रु.१४ करोड ११ लाख ४९ हजार आम्दानी गर्न सफल भएको जनाएको छ ।

उपमहानगरपालिकाले सम्पत्ति करबाट रु.चार करोड २० लाख, भाँडा तथा बहालबाट रु.एक करोड १३ लाख, बहाल कर रु.एक करोड ७२ लाख, नक्सा पास दस्तुर रु.दुई करोड ८७ लाख, सिफारिस दस्तुर तथा बक्सौनी रु.एक करोड १७ हजार राजश्व संकलन गर्न सफल भएको हो ।

दक्ष जनशक्ति, वाणिज्य सङ्घ, मालपोत लगायतको सहयोग र जनतामा कर तिर्नुपर्छ भन्ने भावनामा विकास भएपछि आम्दानी लक्ष्य अनुसार भएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए । करको दायरामा अझ धेरैलाई समेटन बाँकी रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले केही प्रतिशत आम्दानी वडामा उपलब्ध गराउने नीति लिइएको बताए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार १७:४१