सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी हिरासतबाट भागेका दुई थुनुवा पक्राउ, एक जना अझै फरार

बाँके । इलाका प्रहरी कार्यालय, धनौलीबाट भागेका तीन थुनुवामध्ये दुईजना पक्राउ परेका छन् । निर्मल थापा र उज्वल कार्की पक्राउ परेका हुन् । सिमन विक अझै फरार रहेका छन् । गत असार २८ गते राती साढे ११ बजे पानी परेको बेलामा शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर तीनजना थुनुवा भागेका थिए । थापा र कार्की सार्वजनिक र विक लागुऔषधका बन्दी थिए ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले घर परिवर्तन गर्दै बसेका उनीहरु भारत भाग्ने तरखर गर्दा समातिएको बताए । ‘हामीले उनीहरुको संभावित बासस्थान आसपासमा निगरानी गरिरहेका थियौँ । सबैको घर घरमा जाने कुरा पनि भएन । जब हामीले उनीहरु भारत जाने तरखर गर्दैछन् भन्ने थाहा पायौँ, तब पक्राउ गर्यो’ एसपी वलीले भने, ‘उनीहरु भारत जानका लागि बाटो खर्च जुटाइसकेका थिए ।’ लागुऔषधका थुनुवा विक भने अझै पक्राउ परेका छैनन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १७:२२