बाँके । शनिवार मध्यरातमा सुर्खेत रोडका नौ वटा पसलमा चोरी भयो । चोरले सटरको ताला फोडे, पसलमा राखिएका माल समान लगेनन् । पसलका काउण्डरमा राखिएको नगद मात्रै उठाएर चोरले टाप कसे । सोही दिन मध्यरातमै प्रहरीले चोर भएको आशंकामा एक जनालाई पक्राउ गर्यो ।
पक्राउपछि दुई जना बालकलाई प्रहरीले समातेर अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा प्रहरी चकित बन्यो, जब ती बालकले चार्न सिकाउने आफ्ना गुरुहरु रहेको प्रहरीसँग भने । ‘हामी तीनछक प¥यौं, ती बालकले हामीलाई चोर्न सिकाउने गुरुहरु छन् भन्दा,’ बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने ।
प्रहरीले पक्राउ गरेका नेपालगन्ज–२०, मदनापुरका कालु विक १५ बर्षका भए भने मदनापुरकै दामु शाही १६ बर्षका भए । दामु पक्राउ परेको एक दिनपछि कालु पनि पक्राउ परे । चोरीका घटनामा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका कालुलाई राती सुत्न घर आएका बेला पक्राउ गरिएको थियो ।
१०÷१२ बर्षकै उमेरमा बालकलाई चोरी गर्न सिकाउने गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता सापकोटाले भने, ‘श्रृंखलावद्ध चोरीमा संलग्न रहेका ती दुई बालक चोरमात्रै रहेनछन्, उनीहरुलाई चोरी गर्न सिकाउने गुरुसमेत रहेको खुलेपछि हामी चकित प¥यौं । मैले पहिलो पटक चोरका पनि गुरु हुने रहेछन् भन्ने थाहा पाए ।’
बालकलाई चोरी धन्दामा लगाउने उनीहरुका गुरुहरु पनि हुँदारहेछन् भन्ने यस घटनाले पुष्टि गरेको छ । ‘उनीहरुलाई पसल कसरी फोर्ने भन्नसम्म सिकाउने गरेको पाइएको छ,’ प्रहरी प्रवक्ता सापकोटाले भने, ‘चोरीमा पक्राउ परेका बालकलाई उमेर कम भएकाले छोडिन्छ । फेरि त्यही धन्दामा लाग्छन् ।’
उनले प्रहरीले छोडिहाल्छ भन्दै उसले चोरी धन्दा नै अंगालेको गरेको बताए । ‘चोर्ने बेला यही हो, १८ वर्ष उमेर पुगेपछि चोरी गर्न पाइँदैन, अहिले त प्रहरीले पनि छाडिदिन्छ,’ भन्दै कालु र दामुजस्ता बालकहरुलाई चोर्न उक्साउने गिरोह नै सक्रिय रहेको भन्दै प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सापकोटाले बताए ।
‘विभिन्न नाममा चोरको समूह परिचालन रहेछ भन्ने यो घटनाले देखाएको छ । सबैमा बालक÷किशोर नै छन्, हामीले सबैलाई पत्ता लगाइसकेका छौं, बिस्तारै सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्छौं,’ प्रवक्ता सापकोटाले भने । जिल्लामा साधारण चोरी बढेपछि चोरीमा बालकको छुट्टाछुट्टै समुह रहेको भन्दै प्रहरीले निगरानी बढाएको छ ।
प्रहरीका अनुसार, यसअघि दामुले भुजइगाउँ, कारकादो, बर्दियाको बाँसगढी, खजुरामा चोरी गरेको खुलेको छ । दामुको टोलीमा १२÷१३ वर्षका ४÷५ जना बालकहरु रहेका छन् । दामु बैशाख १ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट दश हजार धरौटीमा छुटेका थिए ।
दामुले १८ वर्ष नहुँदासम्म चोरी गर्दा प्रहरीले पक्राउ गरिहाले पनि छोड्ने भन्दै बालकलाई चोरीकर्ममा लगाउने गरेको पाइएको छ । चोरीमा बालकहरुको विभिन्न समूह रहेको छ । टोली नेताको थर अनुसार समूहको नामाकरण गर्ने गरिएको छ । प्रहरीले सबै बालकलाई नियन्त्रणमा लिएर सुधार गृहमा पठाउने तयारी गरेको छ ।
सुर्खेत रोडस्थित प्रमोद किराना पसल, भोले बाबा फर्निचर, क्रियटिभ अल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा किराना पसल, कुञ्ज ट्रेडर्स र शोभा ट्रेडर्समा एकैपटक चोरी भएको थियो । पक्राउ परेका कालुको साथबाट १६ हजार नगद र चोरी गरेको कपडा फेला परेको थियो भने दामुसँग १६ हजार १५५ फेला परेको थियो ।
बजार क्षेत्रमा निरन्तर चोरीका घटनाका कारण असुरक्षा बढेको भन्दै नेपालगन्जका उद्योगी व्यवसायीहरुले धम्बोझी चोक, पुष्पलाल चोक, त्रिभुवन चोक, सेतुबिक चोक, बिपीचोकजस्ता मुख्य ठाउँमा रहेका प्रहरी बीटमा नियमित ड्युटी तथा राती बजार क्षेत्रमा नियमित गस्ती गर्न माग गरेका छन् ।
सत्यपाटी - ।