सूचनाको शक्ति - The Power Of Information

        

मनसुन अझै सक्रिय, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमा रहेकाले मनसुनी गतिविधि देशभर सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको मध्य तथा पूर्व क्षेत्रमा हाल सामान्यदेखि पूर्णतया बदली रहेको मौसमविदले बताएका छन् ।

यस्तै पश्चिममा आंशिकदेखि सामान्य बदली रहेको छ । पूर्वका धेरै र मध्य तथा पश्चिमका केही स्थानमा हाल मनसुनी वर्षा भइरहेको छ । सोमबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । देशका धेरै स्थानमा वर्षा हुनेछ ।

पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थान र पश्चिमका एक वा दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । रातिको मौसम पनि यस्तै रहने जनाइएको छ । पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । यस्तै तराईका क्षेत्रमा बाढी तथा डुबानको समस्या थप हुन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार ११:०३