सूचनाको शक्ति - The Power Of Information

        

भत्कियो बागेश्वरी मन्दिरको पर्खाल

बाँके । नेपालगन्जमा रहेको ऐतिहासिक प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दीरको पर्खाल भत्काइएको छ । धम्बोझीदेखि त्रिबेणी सडक चौडा पार्ने र नाली निर्माण गर्ने क्रममा मन्दीरको पर्खाल भत्काइएको हो ।

मन्दीरको पर्खालसँगै सडक मापदण्डभित्र परेका घर तथा पसलका सटरहरु भत्काइएका छन् । ‘सडक तथा नाली निर्माणका क्रममा मन्दीरको पर्खाल भत्काइएको हो,’ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले भने ।

उनका अनुसार मन्दिरको भत्काइएको पर्खाल सडक क्षेत्रफलका लागि आवश्यक क्षेत्रफल छाडेर पुनः निर्माण गरिने भएको छ । ‘मन्दीरको पर्खाल छिट्टै निर्माण हुन्छ,’ मेयर डा.राणाले भने । नेपालगन्जमा बर्षात् सुरु भइसकेपछि पनि भित्री सडक तथा नालीहरु निर्माणको काम भने भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

 

(तस्वीर : नेपालगन्ज ग्यालरी)

प्रकाशित मिति : २३ असार २०७६, सोमबार १९:१३