सूचनाको शक्ति - The Power Of Information

        

‘म्युजिक कन्सर्ट’को तयारी पुरा, भोली ज्योति मगरसँग नेपालगन्जबासी झुम्ने

बाँके । नेपालागन्जमा भोली हुने म्युजिक कन्सर्टको तयारी पुरा भएको आयोजकले जनाएको छ । ९५ प्रतिशत तयारी पुरा भएको छ, बाँकी काम आजै साँझसम्म सकिने र भोली भरपुर मनोरञ्जन प्रदान गरिने लक्ष्यका साथ कन्सर्टको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोली हुने कन्सर्टमा नेपालगन्जबासीहरु चर्चित गायीका ज्योति मगरसंग झुम्ने पक्का भएको आयोजक टिमले जनाएको छ । सबै पेशा र व्यवसायमा लागेका आम व्यक्तिलाई पुरानो कामको समिक्षा र नयाँ योजना निर्माणले ब्यस्त बनाइरहेको हुनाले मनोरञ्जनले पनि उनिहरुको हिम्मत बढाउनका लागि यस्तो खालको कार्यक्रम आयोजना गरिन् लागेको आयोजक मिम्स इभेन्ट म्यानेजमेन्टका अध्यक्ष मिमबहादुर बुढाले जानकारी दिए ।

कन्सर्टमा नेपालकै चर्चित चर्चिक कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष बुढाले बताए । भोली नेपालगन्जस्थित सिद्धार्थ कटेजमा साँझ ७ बजेदेखि राती १२ बजेसम्म हुने ‘म्युजिक कन्सर्ट–२०१९’ मा चर्चित गायिका ज्योति मगर, गायिका अमृता लिम्बु, स्थानीय गायिका रबिना तिवारी र डिजे विकासको प्रस्तुती रहने अध्यक्ष बुढाले जानकारी दिए । ‘सम्पूर्ण तयारी पुरा भएको छ,’ अध्यक्ष बुढाले भने, ‘सुरक्षाको दृष्टिकोणले पनि सवै ठाउँमा जानकारी गराएका छौं ।’

भोलि साँझ ढुक्कका साथ कन्सर्ट हेर्न सक्ने वातावरण बनाएको उनले जानकारी गराए । कन्सर्टमा प्रवेशका लागि १ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ । करिव ८ लाखको लागतमा हुन लागेको कन्सर्टमा पाँच सय जना दर्शकहरु आउने लक्ष्य आयोजकले राखेको जनाएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि वेजोड प्रस्तुती हुनेछ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार १०:४७