सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा भव्य ‘म्युजिक कन्सर्ट’ हुँदै, पाँच सय बढीको सहभागिता हुने आयोजकको दावी

बाँके । यही २० गते नेपालागन्जमा म्युजिक कन्सर्ट हुने भएको छ । आर्थिक बर्ष सकिनै लाग्दा उद्योगी व्यवसायीहरुको थकानलाई मेटाउन म्युजिक कन्सर्टको आयोजना गरिन लागेको आयोजकले जनाएको छ ।

यतिबेला सबै पेशा र व्यवसायमा लागेका आम व्यक्तिलाई पुरानो कामको समिक्षा र नयाँ योजना निर्माणले ब्यस्त बनाइरहेको हुनाले मनोरञ्जनले पनि उनीहरुको हिम्मत बढाउनका लागि यस्तो खालको कार्यक्रम आवश्यक रहेको आयोजकले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

मिम्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको कन्सर्टमा नेपालकै चर्चित चर्चिक कलाकारहरुको प्रस्तुती समेत रहने आयोजक टिमका संयोजक मिमबहादुर बुढाले बताउनुभयो । असार मसान्तसम्ममा पुरानो कामको समिक्षा र नयाँ योजना बनाएर ब्यस्त भएका आम पेशा व्यवसायीलाई मनोरञ्जन दिने उद्देश्यका साथ मिम्स इभेन्ट म्यानेजमेन्टले कन्सर्ट आयोजना गर्न लागेको हो ।

बार्षिकरुपमा नयाँ कार्य योजना बनाएर फुर्सदमा हुँदै गरेका आम पेशा व्यवसायीहरुलाई लक्षित गरी नेपालगन्जमा कन्सर्ट आयोजना गरिएको मिम्स इभेन्ट म्यानेजमेन्टका संयोजक बुढाले बताउनुभयो । असार २० गते नेपालगन्जस्थित सिद्धार्थ कटेजमा साँझ ७ बजेदेखि हुने ‘म्युजिक कन्सर्ट–२०१९’ मा चर्चित गायिका ज्योति मगर, गायिका अमृता लिम्बु, स्थानीय गायिका रबिना तिवारी र डिजे विकासको प्रस्तुती रहने बुढाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जसँग समन्वय गरिसकेको समेत उनले जानकारी दिए । नीजि क्षेत्रबाट पनि सुरक्षा गार्डहरुको व्यवस्था गरिने उनले जानकारी दिए । कन्सर्टमा प्रवेशका लागि १ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ । करिव ८ लाखको लागतमा हुन लागेको कन्सर्टमा पाँच सय बढीको सहभागिता हुने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि वेजोड प्रस्तुती हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार २०:१२