सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी निरीक्षक डाँगी ‘पुलिस अफ द मन्थ’

बाँके । प्रदेश नं. ५ प्रहरी कार्यालय तुल्सीपुर दाङले ‘पुलिस अफ द मन्थ’ पुरस्कारबाट वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीलाई पुरस्कृत गरेको छ ।

नेपालगन्जमा शान्ति सुरक्षा कायम गर्दै मातहतका प्रहरी परिचालनमा प्रभावकारी भूमिका निभाएको भन्दै प्रदेश नं. ५ प्रहरी कार्यालयले डाँगीलाई पुरस्कृत गरेको हो ।

प्रदेश नं. ५ प्रहरी कार्यालयका डिआइजी पिताम्बर अधिकारीले प्रहरी निरीक्षक डाँगीलाई प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।

लगनशील एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पुरा गरेको संगठीत प्रकृतिको अपराध, अनुसन्धान तथा कारवाहीमा प्रभावकारी भूमिका खेलेको भन्दै जेठ महिनाको उत्कृष्ठ प्रहरी पुरस्कार डाँगीलाई दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उत्कृष्ठ प्रहरी पुरस्कारबाट पुरस्कृत भएपछि प्रहरी निरीक्षक डाँगीले आफ्नो भूमिका र जिम्मेवारी बढेको महशुुस भएको बताए । उनले शान्ति सुरक्षाका लागि अहोरात्र खटिन पुरस्कारले थप उर्जा र आत्मबल बढाएकोले आगामी दिनमा आफ्नो कर्तत्व र जिम्मेवारीलाई अझ प्रभावकारी बनाउँदै नेपाल प्रहरीको शीर उँचो बनाउन अघि बढ्ने बताए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार १७:५७