सूचनाको शक्ति - The Power Of Information

        

मध्यरातदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

समायोजित मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । साथै हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार ०८:२९