बाँके । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आईतबार बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले प्रदेश पाँचका लागि आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट विनियोजित गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा वैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको वजेट प्रस्तुत गरेका हुन् । गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई रकम विनियोजन भएको छ ।
प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ । ‘समृद्ध प्रदेश खुसी जनता’को नारालाई प्रथमिकता दिँदै बजेट ल्याइएको छ ।
प्रदेश पाँचले ८४ वर्ष पुगेका नागरिकलाई विशेष व्यवस्था गरेको छ । आगामी बर्षको बजेटले ती नागरिकको स्वास्थय जाँच घरमै पुगेर गर्ने व्यवस्था मिलाउने व्यवस्था गरेको मन्त्री शंकर पोखरेलले उल्लेख गरेका छन् । प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक ग्रामका लागि एक करोड रुपैयाँ छुट्याइएको छ । प्रदेश पाँचले स्वास्थ्य क्षेत्रको विकासका लागि ८४ करोड बजेट छुट्याएको छ ।
नेपालगन्जलाई ‘पर्यटकीय केन्द्र’
प्रदेश नंं. ५ सरकारले लुम्बिनी र नेपालगन्जलाई ‘पर्यटकीय केन्द्र’ बनाउने गरी काम सुरु गर्ने भएको छ । पर्यटकीय विकासका लागि प्रदेश सरकारले यि दुई शहरलाई उच्च प्राथमिकतामा राखेको हो । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
लुम्बिनी र नेपालगन्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुका साथै अत्याधुनिक प्रविधिसहितको पर्यटन सूचना केन्द्र पनि दुबै सहरमा स्थापना गर्ने घोषणा गरेका छन् । कृषि, भूमी व्यवस्था तथा सहकारीको क्षेत्रको लागि ४ अर्व ७ करोड विनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले बजेट ल्याएको हो ।
कृषि भूमी र सहकारीको लागि वित्तिय संस्था व्याज अनुदानको लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषकसँग विद्यार्थी कार्यक्रमको लागि पनि १० करोड विनियोजन गरिएको छ । चक्ला खेतीको लागि ५ करोड विनियोजन गरिएको छ । फलफुल उत्पादनको लागि २ लाख विरुवा रोप्नको लागि ६ कारेड विनियोजन गरिएको छ ।
नयाँ शीत भण्डारणको लागि ३५ कारोड विनियोजन गरिएको छ । प्रागरिक खेतीको लागि कृषी पर्वद्धन गरिने उल्लेख गरिएको छ । घाँसेबालिको लागि ५ करोड विनियोजन गरिएको छ । भेटनरी एम्बुलेन्स मार्फत विरामी पशुको उपचार गरिने उल्लेख गरिएको छ ।
यस्तो छ बजेट :
सत्यपाटी - ।