सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिद्वारा बागेश्वरी मन्दिरमा पूजाअर्चाना

बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा पूजाअर्चाना गरेकी छन् । उनले मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव दिपा शर्माले जानकारी दिए ।

पश्चिम नेपालकै शक्तिशाली शक्तिपीठ मानिने बागेश्वरी मन्दीरमा कडा सुरक्षा व्यवस्थासहित पुगेकी भण्डारीले राष्ट्र प्रमुख भएपछि पहिलो पटक बागेश्वरी मन्दिरमा पूजाअर्चना गरेकी हुन् । राष्ट्रपतिले विहान ७ः३० बजे मन्दिर प्रवेश गरेकी राष्ट्रपतिले ७ः४५ मा पूजाअर्चना गरेकी छन् ।

राष्ट्रपतिलाई बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले बागेश्वरी माताको प्रसादका रुपमा फूलमाला तथा टिका प्रदान गर्दै मन्दिरको आर्थिक अवस्थाबारे मुल महन्त चन्द्रनाथ योगीले समक्ष जानकारी गराएका थिए ।

मंगलबार मुस्लिम समुदायको पवित्र महीना रमजानुल मुबारकको अवसरमा नेपालगन्जमा आयोजना गरेको ‘रोजा इफ्तार’ सहभागी भएकी राष्ट्रपति भण्डारी आजै बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार ०७:३४