सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका स्थानीय तहमा तीन अर्ब बजेट (सूचीसहित)

बाँके । सरकारले ल्याएको बजेटमा आर्थिक वर्ष २०७६/०७७ का लागि बाँकेका आठ वटा स्थानीय तहमा रु.२ अर्ब ९० करोड ११ लाख रकम विनियोजन भएको छ ।

सरकारले लागि स्थानीय तहलाई समपुरक र विषेशबाहेक वित्तिय समानीकरणतर्फ रु.१ अर्ब ३२ करोड २३ लाख र सशर्त अनुदानतर्फ रु.१ अर्ब ५७ करोड ८८ लाख रकम विनियोजन भएको छ ।

सरकारले ल्याएको बजेटअनुसार वित्तिय समानीकरण र सशर्त अनुदानतर्फ बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा रु.६९ करोड ५६ लाख, कोहलपुर नगरपालिकामा रु.४१ करोड ३७ लाख, खजुरा गाउँपालिकामा रु.३८ करोड ८२ लाख, जानकी गाउँपालिकामा रु.२२ करोड ७८ लाख रकम विनियोजन भएको छ ।

त्यस्तै डुडुवा गाउँपालिकाले रु.२३ करोड ७४ लाख, नरैनापुर गाउँपालिकामा रु.२२ करोड ६८ लाख, बैजनाथ गाउँपालिकामा रु.३३ करोड ९२ लाख र राप्तीसोनारी गाउँपालिकामा रु.३७ करोड २४ लाख रकम वित्तिय समानीकरण र सशर्त अनुदानतर्फ विनियोजन गरिएको छ ।

सरकारले प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा गरिएको हो ।

कुन स्थानीय तहमा कति बजेट ? हेर्नुस् सूची :

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १०:१५