सूचनाको शक्ति - The Power Of Information

        

ओली सरकारको महत्वाकांक्षी बजेट, स्रोत व्यवस्थापनमा कठीन चुनौती

काठमाडौं । केपी ओली सरकारले आगामी वर्षका लागि महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ । १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटका लागि स्रोत व्यवस्थापन सरकारका लागि कठीन चुनौती बन्ने स्पष्ट छ । सरकारले विभिन्न क्षेत्रका लागि छुट्याएको रकम यो ग्राफिक्समा प्रस्तुत गरिएको छ । अपेक्षित रुपमा सरकारले बृद्धभत्ता बढाएर ३ हजार रुपैयाँ पुर्याएको छ ।

हरेक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ छुट्याएको छ । सामाजिक सुरक्षामा उल्लेख्य बजेट विनियोजन गरेर सरकारले लोकप्रियतावादी अनुहार प्रस्तुत गरेको छ । केपी ओली सरकारले आगामी वर्षका लागि महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ । १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटका लागि स्रोत व्यवस्थापन सरकारका लागि कठीन चुनौती बन्ने स्पष्ट छ ।

सरकारले विभिन्न क्षेत्रका लागि छुट्याएको रकम यो ग्राफिक्समा प्रस्तुत गरेको छ । अपेक्षित रुपमा सरकारले बृद्धभत्ता बढाएर ३ हजार रुपैयाँ र्पुयाएको छ भने हरेक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ छुट्याएको छ । सामाजिक सुरक्षामा उल्लेख्य बजेट विनियोजन गरेर सरकारले लोकप्रियतावादी अनुहार प्रस्तुत गरेको छ ।

सुरुङमार्ग र रेलमार्गजस्ता महत्वाकांक्षी योजनाका लागि बजेटमा सरकारले रकम छुट्याएको छ । सरकारले प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड समानिकरण अनुदान विनियोजन गरेको छ । प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड सशर्त अनुदान पनि बजेटमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार २१:१९