सूचनाको शक्ति - The Power Of Information

        

बाँके कारागारबाट १२ कैदी रिहा

बाँके । गणतन्त्र दिवस–२०७६ का अवसरमा जिल्ला कारागार कार्यालय बाँकेबाट एक महिलासहित १२ जना कैदी रिहा भएका छन् । जेलर भरत पाण्डेका अनुसार सबैभन्दा धेरै सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी रिहा भएका छन् ।

रिहा भएका कैदीहरुले ५० प्रतिशत कैद भुक्तान गरिसकेको तथा चालचलन राम्रो भएकाले बाँकी कैद मिनाहाका लागि सिफारिस गरिएको थियो । जस अन्तरगत सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रमेशकुमार सार्की, शौभाग्यराज बुढा, प्रकाश थापा, पर्शुराम थारु, सुदीप थारु, राजाबाबु मौर्या र गोवर्धन थारु रहेका छन् ।

जेलर पाण्डेका अनुसार कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका पदमबहादुर वली, कल्पना बिष्ट, चोरी डाँका मुद्दामा कैद भुक्तान गरिरहेका बटिमप्रसाद कुर्मी, अवैध काठ तस्करी मुद्दाका झुथारु थारु र जुवातास तथा सार्वजनीक अपराध मुद्दाका रेशमबहादुर घर्तीमगर रहेका छन् ।

रिहा भएका कैदीहरुलाई बुझिलिएको भरपाईसहित आफन्तको जिम्मा लगाइएको जेलर पाण्डेले बताए । गम्भीर प्रकृतिको अपराधमा सजाय भुक्तान गरिरहेका कैदीहरुले भने यस्तो कैद सजायको छुट पाउँदैनन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १३:४२