सूचनाको शक्ति - The Power Of Information

        

मेलमिलापका लागि पुनःताजकी

बाँके । खजुरा गाउँपालिकाले मेलमिलापकर्ता वडा संयोजकका लागि पुनः ताजकी तालिम दिएको छ । यसअघि विभिन्न समयमा मेलमिलापकर्ताका लागि तालिम प्रदान गरेकोमा वडा संयोजकलाई पुनः ताजकी गर्न तालिम दिइएको हो ।

तालिम उद्घाटनमा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले मुद्दाभन्दा मेलमिलापमै जोड दिन मेलमिलापकर्ताहरुलाई सुझाव दिए । उनले वडाका जनतावीच हार्दिकता ल्याउने गरी काम गर्न मेलमिलापकर्तामा निखार ल्याउन तालिम आयोजना गरिएको बताए ।

जनजागरण समाज खजुराको व्यवस्थापनमा भएको कार्यक्रममा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले मेलमिलापकर्ताहरुलाई काम गर्दा आउन सक्ने समस्या, उनीहरुले मेलमिलापका लागि अपनाउनु पर्ने विभिन्न विधि र प्रत्रिया लगायतका कुराको पुनः ताजकीका लागि तालिम दिइएको बताइन् ।

खजुरा गाउँपालिका महिला विकास सहायक निरीक्षक सुशीला न्यौपानेले खजुरा गाउँपालिकामा रहेका ८ वडाका मेलमिलाप संयोजक, न्यायिक समिति सदस्यलाई एक दिने पुनः ताजकी तालिम दिइएको बताइन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार १७:५१