सूचनाको शक्ति - The Power Of Information

        

म्युजिक भिडियो ‘कालीपार’ सार्वजानिक (भिडियोसहित)

दाङ । रोल्पाका लोकगायक हरी डिसीले ‘कालीपार’ म्युजिक भिडियो सार्वजानिक भएको छ । डिसीले आफ्नै अफिसियल यूट्युव च्यानलमार्फत म्युजिक भिडियो सार्वजानिक गरेका छन् । म्युजिक भिडियो ‘कालीपार’मा हरी डिसी र रेखा जोशीको आवाज रहेको छ ।

अभिनय पनि हरी डिसी र रेखा जोशीकै रहेको छ । गीतको शब्द दुर्गा केसीको रहेको छ । लय संकलन गायक हरी डिसीले गरेका छन् । रोल्पाका लोक गायक डिसी र सुदूरपश्चिमकी गायिका रेखा जोशीले आवाज दिएको गीत अरु गीतभन्दा फरक बनेको छ ।

गायक हरी डिसी लोकदोहोरी क्षेत्रको अब्बल गायकको रुपमा परिचित छन् भने गायिका रेखा लोकदोहोरी तथा देउडा भाकामा छुट्टै पहिचान बनाउन सफल गायिका हुन् । विशेषगरी युवाहरु रोजगारको शिलशिलामा भारत जाने यर्थातलाई गीतमार्फत उजागर गरिएको छ ।

एक गरिब परिवारको कथा रोजीरोटीका लागि श्रीमान् धन कमाउन कालापार (भारत) जाने क्रममा श्रीमतीसँगको भावुक सम्वादलाई प्रस्तुत गरिएको छ । आफ्नै देशमा रोजगार नपाएर कालापार पस्नुपर्दाको भावना र पीडालाई गीतमा दर्साएको छ । लोकगायक हरीका दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार १४:१८