सूचनाको शक्ति - The Power Of Information

        

BREAKING : चरेश पक्राउपछि नरैनापुर तनावग्रस्त, प्रहरी चौकीमा ढुंगामुढा

प्रतिकात्मक तस्वीर

प्रतिकात्मक तस्वीर

बाँके । अवैध कारोबारमा संलग्न एउटा समूहले नेपाल प्रहरीको गाडीमा तोडफोड गरेको छ । बाँकेको नरैनापुर गाउँपालिकाको नरैनापुरमा चरेश पक्राउपछि मुचुल्का गरेर नेपालगन्ज ल्याएँदै गर्दा कारोबारीहरुको एउटा समुहले प्रहरीको गाडी तोडफोड गरेको प्रारम्भीक जानकारी आएको छ ।

गाडी तोडफोड गर्ने क्रममा प्रहरीले अश्रु ग्याँससँगै हवाई फायर गरेको छ भने अवैध कारोबारहरुको उक्साहटमा स्थानीयहरुले नरैनापुर प्रहरी चौकीमा ढुंगामुढा गरेका छन् । घटनालगत्तै नेपालगन्जबाट ठूलो संख्यामा प्रहरी टोली त्यसतर्फ गएको छ । अहिले नरैनापुरको अवस्था तनावपूर्ण रहेको बनेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी…

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार २१:३०