सूचनाको शक्ति - The Power Of Information

        

विष्णु माझीको ‘अनुसन्धान’ सार्वजनिक (भिडियोसहित)

बुटवल । बहुप्रतिक्षित एल्बम ‘अनुसन्धान’ सार्वजनिक भएको छ । लोकदोहोरीको क्षेत्रमा पछिल्लो समय एकछत्र राज गरिरहेकी चर्चित गायिका विष्णु माझी र अशोक विकको स्वर रहेको यो गीतमा सागर रेग्मीको शब्द तथा गायक एवम मोडल किशोर खत्रीको लय सिर्जना रहेको छ ।

धुन नेपालले बजार व्यवस्थापन गरेको यो गीतको म्युजिक भिडियो जनता फिल्मसले निर्माण गरेको हो । तालिम प्राप्त कुकरको समेत प्रयोग गरिएको यो म्युजिक भिडियोमा लक्ष्मी गिरी, किशोर खत्री, आयुष्मा कार्की, मानिकुमर राई (हुक्का दाई), बिबिसा पोखरेल लगायतको अभिनय रहेको छ ।

रेशम दर्लामी र दिपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र डिआर सुजनको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा समाजमा घटने यथार्थ घटनालाई विषयवस्तु बनाइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १६:१८