सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज बार एसोसियसनका अध्यक्ष आचार्यलाई स्पष्टिकरण सोधियो

करोडौंको जग्गा नामसारी प्रकरण

बाँके । नेपालगन्ज उच्च अदालत बार एसोसियसन नेपालगन्जले एशोसियसनका अध्यक्ष विकास आचार्यसँग लिखित स्पष्टिकरण मागेको छ । बार एसोसियसनको कार्यसमिति बैठकले यथार्थ विवरणसहितको लिखित जवाफ सात दिनभित्र पेश गर्न आचार्यलाई आज पत्र पठाएको छ ।

उच्च उदालतसँग विवाद समाधान नभएसम्म कार्यक्रममा नजाने कार्यसमितिमा भएको भद्र सहमति विपरित अदालतको कार्यक्रममा उपस्थित भएको, लयर्स चेम्बर्सबाट अख्तियारले कृष्णकुमार पाठकलाई पक्राउ गरेको सम्बन्धमा कार्यसमितिमा छलफल र निर्णय नै नगराई प्रेस विज्ञप्ती निकालिएको तथा जग्गा विवादमा अध्यक्षको नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार बाहिर आएको विषयमा अध्यक्षलाई लिखित स्पष्टिकरण दिन भनिएको छ ।

अध्यक्ष आचार्यका पछिल्ला क्रियाकलापले एसोसियसनको मानमर्दन भएको ठहर गर्दै अध्यक्ष आचार्यसँग लिखित स्पष्टिकरण मागेको सचिव चित्रबहादुर शाहीले बताए । अध्यक्ष आचार्यले भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा डुडुवा गाउँपालिका–२ बेतहनीकी उषा कुर्मीलाई झुक्याएर १ विघा १५ कठ्ठा ४ धुर जग्गा आफ्नो नाममा नामसारी गरेपछि व्यक्तिका नाममा नामसारी गरेपछि नेपालगन्ज उच्च अदालत बार एसोसियसन विवादमा तानिएको छ ।

केही दिनअघि अध्यक्ष आचार्यकै ल फर्म (नेपालगन्ज चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बर)बाट उच्च अदालत नेपालगन्जका टाइपिष्ट नायव सुब्बा कृष्णकुमार पाठक पक्राउ परेका थिए । अदालतका कर्मचारी पक्राउ परेपछि अदालतभित्र हुने भ्रष्टाचार र कानुन व्यवसायीको संलग्नताबारे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयले अनुसन्धान थालेको छ ।

यो पनि पढ्नुस् :

http://satyapati.com/2019/05/23631

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १५:१७