सूचनाको शक्ति - The Power Of Information

        

केन्द्रीय प्रहरी प्रवक्तामा डीआइजी पोखरेल

काठमाडौं । नेपाल प्रहरीले प्रवक्ता एवं सूचना अधिकारीको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई दिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआइजी पोखरेललाई दिएका हुन् । प्रहरी सम्पादन गर्ने जनसरोकारका कामबारे सञ्चारमाध्यममा जानकारी दिन पोखरेललाई प्रवक्ता तोकिएको हो ।

‘नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको छ,’ प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ । यसअघि प्रवक्ता रहेका एसएसपी उत्तमराज सुवेदीको महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएपछि पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो । पोखरेल यसअघि लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए ।

प्रहरी मुख्यालयले दरबन्दी कटौतीपछि प्रवक्ताको जिम्मेबारी एसएसपीलाइ दिएको थियो । २७ वैशाखमा एसएसपीबाट डीआइजीमा बढुवा सिफारिस गरिएका पोखरेललाई आइतबार खनालले फूली लगाइदिएका थिए । लगत्तै, उनलाई प्रवक्ता तोकिएको हो । एसएसपी हुँदा उनले काठमाडौं प्रहरी परिसर, टेकुको सफल नेतृत्व गरिसकेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार २०:३२