बाँके । नेपाली काँग्रेस अछामका सहसचिव एवम् प्रवक्ता बेदप्रकाश तिमिल्सिनाले पूर्वाधार विकास कार्यालय साँफेबगरका निमित्त प्रमुख इन्जिनियर जंगबहादुर थापालाई ज्यान मार्ने धम्कीसहित अश्लिल गाली गरेको अडियो सार्वजनिक भएको छ । दुई कार्यकाल पत्रकार महासङ्घ अछामको अध्यक्ष भइसकेका उनी पछिल्लो समय काँग्रेसमा सक्रिय छन् ।
काँग्रेस अछामका सहसचिव एवम् जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका तिमिल्सिनाले इन्जिनियर थापालाई काट्ने धम्की मात्र दिएका छैनन् पटकपटक फोन रेकर्ड पनि चुनौती दिएका छन् । साथै, नेकपाका सुदूरपश्चिम प्रदेशका सचेतक एवं प्रदेसभा सदस्य अक्कलबहादुर रावललाई समेत चरित्र हत्या हुनेगरि गालीगलौज गरेका छन् ।
उनले आफूले भने बमोजिमका काम नगरेको भन्दै इन्जिनियर थापालाई तथानाम गालीगलौज गरेको अडियोबाट प्रष्ट हुन्छ । उनी पञ्चदेवल नगरपालिका वडा नम्बर १ बाट वडा सदस्यमा बिजय भएर जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएका हुन् । ‘तँलाई काटेर फाल्छु, मान्छे मार्नु मेरा लागि ठूलो कुरा हैन’ भन्दै इन्जिनियरलाई धम्की दिएका तिमिल्सिनाले उनलाई काट्ने भनेर आमाको नाममा कसमसमेत खाएका छन् ।
यस्तो छ उनीहरुबीच भएको कुराकानी :
तिमिल्सिना – काम गर्ने तँ हाकीमलाई काटेर त्यो नौघाटेका खोलामा रगत बगाएन भनेदेखि म बेदप्रकाश तिमिल्सिना हैन मु…. रेकर्ड गर, मेरो फोन रेकर्ड गर ।
इन्जिनियर – कस्तो कुरा गर्नुहुन्छ ? मैले हजुरको कुरा नमानेको होर भन्या ?
तिमिल्सिना – कस्तो कुरा हैन म फेरि भन्छु तँ कार्यकर्ता हो तँलाई काटेर नौघाटेका खोलामा रगत बगाइनँ भने म बेद प्रकाश तिमिल्सिना हैन । के बुझ्या छस् तैँले ? मा…. मु…. तँ एमालेको कार्यकर्ता हैन ? कसले जागिर दियो ? मा…. चोर, साले यो उत्तर कोरिया हो ? के बुझेको छन् तँ सालेले । यो देशमा साम्यवादी शासन छ मु….. ? यो देशमा कांग्रेस पार्टी पनि छ । यो वडा कांग्रेसले जितेको हो । कांग्रेसका मान्छे छन् । तँलाई मात्र हैन, तेरो माननीय भनिएकोलाई पनि काट्ने हैसियत छ बेद प्रकाश तिमिल्सिनासँग । त्यो यौन पिपाशु‘.को हो त्यो अक्कल रावल मा….
इन्जिनियर – अब म के भनौ हजुरलाई अब ?
तिमिल्सिना – के भनौ हैन त मु…. काट्ने हो म काट्ने हो । तँलाई काट्ने हो । अरु कुरा जान्दिनँ म । तँ मु…. हैन सम्झौता गर्ने ? त्यो पैसा, त्यो सम्झौता अघि बढाइस् भने तेरो टाउकोमा बम पड्काई दिन्छु । मु…. बन्दुक चलाउने मान्छे हो म पनि त मु…. लाई मार्नुमा कुनै समस्या छैन । तँलाई मारेर मुक्ति गराउँछु । जंगे थापा मेरो आवाज रेकर्ड गर फेरि भन्छु तँलाई काटेर रगटेको सालमा रगत बगाउने हो । फोन रेकर्ड गर । सिडियोलाई भन्
इन्जिनियर – हजुर एउटा जनप्रतिनिधि मान्छे आवेशमा किन आउनुहुन्छ ?
तिमिल्सिना – ताई न तुई काम गर्छस् । यो प्रक्रिया अगाडी बढाईस भने फेरि भन्छु तँ मु…..लाई काट्ने नै हो, रिसले भनेको हैन साँचो हो ।
इन्जिनियर – अब खै म के भनौँ हजुरलाई ?
तिमिल्सिना – तँ मु…. लाई काट्ने हो । तैले अस्ति भेला बेलाउछु भनेको हैन । तँ मु…..ले के भनेको थियो । ओभरसियर पठाउछु भनेको हैन ।
इन्जिनियर – ओभरसियर पठाउँछु भनेको हो आउँछन् साथीहरु ।
तिमिल्सिना – ताइनतुइको कुरा गर्ने, ओभरसियर पठा । थाहा छैन मलाई तँ नेकपाको कार्यकर्ताका रुपमा काम गरिराछस् । म बाजुराका मान्छेलाई रेस्पेक्ट गर्ने मान्छे हुँ । राम्रो मुखले तपाई बाजुराको हुनुहुदो रहेछ भनेँ । तेरो मैले चाकडी गरेको हैन राम्रै कुरा भनेको तर तँ मु….. त चोर रहेछस् ।
इन्जिनियर – ए प्रभु मैले अहिलेसम्म सम्झौता रोकेकै त हो ?
तिमिल्सिना – तँ विनायक आ, साँफे आएर पनि तँलाई काट्ने औकात छ मेरो । मेरो बारेमा बुझ, तँजस्ता मु…..लाई काटेर जेल जान मलाई कुनै समस्या छैन थाहा पाइराख । १५, २० वर्ष के फरक पर्छ यार । ३० बर्षको भएँ । २० बर्षमा छुटि हाल्छु । जेलबाट छुट्दा ५० बर्षको हुन्छु । ५० बर्षमै कांग्रेसले युवा नेता मानिहाल्छ ।
इन्जिनियर – अब के भनौँ त मैले तपाई आवेशमा हुनुहुन्छ ?
तिमिल्सिना – के भन्छु हैन । प्रक्रिया क्यान्सील गर । तेरो अध्यक्षतामा भेला बोलाएर मैले भने अनुसार काम गर नभए म मान्दिनँ ।
इन्जिनियर – अब ठिकै छ त्यो पनि सोचौँला नि त अब के गर्ने ?
तिमिल्सिना – सोचौँला हैन । तैले मेरा मान्छे राखेर भेला बोला । भनेको छु म डिजीको मान्छे हो । यदि यसो गरिनस् भने त मु…..लाई काट्ने हो । तलाई काट्न मलाई कुनै समस्या छैन । त्यो रेशम तिमिल्सिना छ नी त्यो दुई वटा मर्डर (हत्या) को केश लागेको मान्छे हो । मेरो भाई हो । उसलाई मैले छुटाएर ल्याएको । ऊ अहिले सुधारमा छ फेरि उसलाई अपराधी बनाउनु नपरोस् । उनको बारेमा बाँके जिल्ला अदालतमा बुझे हुन्छ । दुई वटा इन्काउण्टर सुट हानेको हो ।
आर्मीको क्याप्टेनलाई मारेको हो । बकाइदा बुझे हुन्छ । उसको प्रोफाइल कस्तो हो भनेर भोली नै भन्छु उसलाई जंगे थापालाई मार भनेर । एकदम प्रष्ट बुझे हुन्छ । १ सय पटक हिरासतमा परेको, २१ वटा केस अदालतमा पुगेको, २ वटा हत्याको केश हो । त्यसैले प्रष्ट भेला गरा, मान्छे पठा । अब यतिमात्र हुन्न । यो मिडिया बाजी हुन्छ, सब हुन्छ, के के हुन्छ अब । के भन्नु हुन्छ त अब तपाई ?
इन्जिनियर – अब के भनौँ त म । तपाई एकदम आवेशमा हुनुहुन्छ ?
तिमिल्सिना – आवेशमा हैन आवेशमा हैन प्रक्रिया बेशमा । तपाईले के भन्या म गाउँको मान्छे पठाउँछु भन्या हैन ?
इन्जिनियर – गाउँमा मान्छे पठाउछु त भन्या हो, मैले भन्या कुरा भन्या छैन त भनेको छैन ।
तिमिल्सिना – अनि.. अनि.. अनि.. किन नपठाको, हिजो किन समिति बनाको ?
इन्जिनियर – नाइँ, समिति यस्तो भो के हजुर, हिजो मर्ज भयो, उनीहरु दुबै जनालाई म तपाईका अगाडि राखिदिन सक्छु हैन, हामी मिलेर आयौँ यहि हो समिति ।
तिमिल्सिना – मिलेर आए खै त त्यो अध्यक्षको सहमति ? अनि मिलेर आएपछि मु….. अनि नेकपा नेकपाको मान्छे मिलेर हुन्छ मा….
इन्जिनियर – ए प्रभु म सबै चिन्दैन, वडा अध्यक्षको पनि सिफारिस चाहिन्छ‘.
तिमिल्सिना – चिन्दैन भने मु….. रेशम तिमिल्सिना पुग्या छ त त्याँ, रेशम तिमिल्सिनाको नाउँ छ त्याँ
इन्जिनियर – को भन्नू भो ?
तिमिल्सिना – रेशम तिमिल्सिनाको नाउँ छ त्याँ ?
इन्जिनियर – रेशम तिमिल्सिनाको छैन
तिमिल्सिना – रेशम तिमिल्सिना अध्यक्ष नभएर मर्ज हुन्छ ?
इन्जिनियर – त्यो त मलाई था भएन
तिमिल्सिना – था भएन हैन, कार्यकर्तारुपमा काम गर्या छ, मैले लास्ट पटक भनेँ, तैले यो प्रक्रिया रोकिनस् भने पछि त मु…. लाई त मैले छ्याट्ट काटेँ काटेँ, नकाटे पछि मेरो मा’को पोइ । जा….
(अडियो अति नै अश्लिल भएकाले यहाँ राखिएको छैन । सत्यपाटीसँग अडियो सुरक्षित छ –सम्पादक)
सत्यपाटी - ।