
बाँके । जनमत अर्ध साप्ताहिकले अग्नी मोटइन्क प्रालि र ग्रेस एण्ड ग्लोबल ट्रेडिङ्गको सहकार्यमा आइतबार आयोजित गरेको वृहद् रक्तदान कार्यक्रममा पाँच जना महिलासहित ४१ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा स्वयम्सेवी रक्तदाता, पत्रकार, व्यवसायी, कर्मचारी लगायतले रक्तदान गर्नु भएको हो । द आर्ट अफ लिभिङका प्रमुख प्रशिक्षक काव्य लम्सालले स्वयम्सेवी रक्तदाता युवा समाजसेवी डिला शाह, पत्रकार काशीराम शर्मा र हरित अभियानका अभियन्ता हेमन्त काफ्लेलाई रगत संकलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।

जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’को उद्देश्यका साथ नियमितरुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ४२ औं श्रृङ्खलामा रक्तदान गर्ने रक्तदाताहरुलाई द आर्ट अफ लिभिङका प्रमुख प्रशिक्षक काव्य लम्साल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, अग्नी मोटइन्क प्रालिका रिजनल अफिसर विमल यादवले टिसर्ट र प्रशंसापत्र पनि प्रदान गरेको जनमत सम्पादक पूर्ण लाल चुकेले जानकारी दिए ।
कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार द आर्ट अफ लिभिङ, बाँकेका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा रक्तदान दिनेहरुमा नियमित रक्तदाता नीरजमान श्रेष्ठ, सरोज रेग्मी, श्वेता बज्राचार्य, अजिता श्रेष्ठ सिंह, दीपज्योति शाही, श्रृष्टी खड्का, सरिता वैश्य, पप्पुकुमार वैश्य, अमित अग्रवाल, शंकर प्रसाद खनाल, दिपेश वैश्य, राजीव पन्थ, गौतम पौडेल, विजय वर्मा, मनबहादुर केसी रहेका छन् ।

त्यसैगरि रेडियो कृष्णसारका प्रमोद डिजी, योगराज चौधरी (योगेश), मेघराज जिएम, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, भगवान शरण यादव, सुनिल रत्गैया, सञ्जय बढई, होमराज गिरी, पर्शुराम वर्मा, शेरबहादुर बोहोरा, आशुतोषकुमार गुप्ता, धर्मेन्द्र सिंह, तीर्थ पाखरेल, चन्द्रमणी कँडेल, गोपीप्रसाद मौर्य, दिपेश परियार, अमित परियार लगायतले रक्तदान गरेका थिए ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, गुञ्जा कनोजियासमेत ६ जना प्राविधिक टोलीलले सहयोग गरेका थिए । २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म करीब २ हजार ६ सयभन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।

जनमतका कतिपय नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उच्च तथा न्यून रक्त चाप र औषधि सेवनका कारण करीब दुई दर्जन बढी रक्तदान गर्न नपाई निरास भई फर्कनुपरेको कार्यक्रम संयोजक जायसवालले बताए ।
सत्यपाटी - ।