सूचनाको शक्ति - The Power Of Information

        

१४० स्वर्णसहित आर्मी च्याम्पियन, पुलिस दोस्रो एपीएफ तेस्रो

आठौं राष्ट्रिय खेलकुद

बाँके । प्रदेश ५ मा आज सम्पन्न आठौँ बृहत राष्ट्रिय खेलकुद २०७५/०७६ मा विभागीय टोलीले पदक तालिकामा वर्चस्य कायम गर्दा त्रिभुवन आर्मी सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ । २०७५ साल चैत २७ गते सुरु भएर २०७६ बैशाख ५ गते औपचारिक उद्घाटन भई बैशाख ११ गते समापन भएको आठौमा आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कास्यसहित कूल २८९ पदक जितेको हो ।

यस्तै नेपाल पुलिस ६२ स्वर्णसहित दोस्रो र एपीएफ ५४ स्वर्णका साथ तेस्रो भयो । पुलिसले ४९ रजत र ४६ कास्य पनि जित्यो । यस्तै एपीएफले ६९ रजत र ८० कास्य पदक जित्यो । पहिलो पटक सहभागिता जनाएको एनआरएनएले ६ स्वर्ण २ रजत र ५ कास्यसहित कूल १३ स्वर्ण जित्यो । ११ टोली सहभागि आठौँमा एनआरएनए १०औँ हुँदा ३ स्वर्ण जितेको कर्णाली अन्तिममा रह्यो ।

यस्तो छ अन्तिम पदक तालिका :

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार ०६:४६