सूचनाको शक्ति - The Power Of Information

        

नवौं राष्ट्रिय खेलकूद गण्डकीमा

बाँके । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बुधबारको बैठकले २०७७ साल फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा नवौ खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । खेलकुद मन्त्री जगत विश्वकर्मालाई पारिवारिक शोकका कारण बोर्ड बैठकमा उपस्थित नभएपनि उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको छ ।

यसअघि सातौंको आयोजना हुँदापनि पोखरामा हुने भनिएपनि अन्तिम समयमा नेपालगन्जमा गर्ने निर्णय भएको थियो । वर्तमान खेलकुद मन्त्री जगत विश्वकर्मा समेत गण्डकी प्रदेशबाट निर्वाचित सांसद हुन् । उनले समेत नवौं संस्करण गण्डकी प्रदेशमा आयोजना हुने बताएका थिए । पछिल्लो समय कर्णाली प्रदेशले समेत नवौंको आयोजनाको बिषयमा चर्को लबिङ गरेको थियो । यसका साथै प्रदेश २ का पदाधिकारीले पनि आफ्ने प्रदेशमा गर्नुपर्ने जोड दिएपनि अन्तिममा पछि हटेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार १८:३०