सूचनाको शक्ति - The Power Of Information

        

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गर्न उपराष्ट्रपति पुन नेपालगन्जमा

बाँके । उपराष्ट्रपति नन्दबहादुर पुन नेपालगन्ज आइपगेका छन् । प्रदेश पाँचका विभिन्न जिल्लामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापनका लागि उपराष्ट्रपति नेपालगन्ज आइपुगेका हुन् ।

बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको आठौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति पुनले आज समापन गर्दैछन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का अनुसार यसअघि प्रधानमन्त्री केपी शर्मा वलीले समापन गर्नेगरी कार्यक्रम तय भएको थियो ।

प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आउन नसक्ने भएपछि उपराष्ट्रपतिबाट प्रतियोगिता समापन गर्न लागिएको प्रदेश खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले जानकारी दिए । उपराष्ट्रपति पुन बुद्ध एयरको जहाजमार्फत नेपालगन्ज आइपुगेका हुन् ।

राष्ट्रपति पुन आज कोहपुरस्थित होटल सेन्ट्रल प्लाजामा बास बस्ने र भोली बर्दियाको बाँसगढीस्थित केदारेश्वर धामको औपचारिक उद्घाटन गरी भोली साँझ नै काठमाडौं फर्किने कार्यक्रम तय भएको बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार १४:५६