सूचनाको शक्ति - The Power Of Information

        

२८ विद्यालयलाई कक्षा थपको अनुमती

घोराही । घोराही उपमहानगरपालिकाले संस्थागत र सामुदायिक गरी २८ वटा विद्यालयहरुको कक्षा थप र सञ्चालनको अनुमती दिने निर्णय गरेको छ । सामुदायिक ४ र संस्थागत २४ वटा विद्यालयहरुमा कक्षा थप र सञ्चालनको अनुमती दिने निर्णय गरेको हो ।

उपमहानगरको ५४ औँ कार्यपालिकाको बैठकले स्थलगत निरिक्षणको प्रतिवेदन र शिक्षा नियमावली अनुसार सामुदायिक विद्यालयतर्फ कक्षा १० सम्म सञ्चालनमा रहेको वडा नम्बर ११ को बालकल्याण मावि खैरालाई ११ कक्षाको सञ्चालन अनुमती पाएको छ ।

त्यसैगरी, वडा नम्बर ४ मा रहेको आधारभूत विद्यालय सवारीकोटलाई कक्षा ७ र वडा नम्बर ५ मा रहेको जनकल्याण प्राबि धारापानीलाई ३ कक्षा सञ्चालन अनुमती दिने निर्णय भएको प्रवक्ता भरत अर्यालले जानकारी दिए । संस्थागत तर्फ १९ वटा विद्यालयले कक्षा थपको अनुमती पाएका छन् भने मन्टेश्वरीतर्फ ६ वटा विद्यालयले सञ्चालनको अनुमती पाएका छन् ।

त्यसैगरी एउटा विद्यालयको स्थान परिवर्तनलाई अनुमती दिने निर्णय गरेको छ । यस्तै प्राथमिक विद्यालय कर्जाहीको स्वामित्वमा रहेको एक विगाह १८ कठ्ठा १ धुर जग्गा शहिद कृष्णशेन इच्छुक बहुप्राविधिक शिक्षालयलाई अर्को व्यवस्था नभएसम्मका लागि भोगाधिकार दिने निर्णय पनि भएको प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार ११:१८