दाङ्ग । तीन महीनादेखि अस्पतालमा भर्ना भएका क्यान्सर पीडित रमेश क्षेत्रीलाई सहयोग गर्न उनकी दिदी कालिकाले अनुरोध गरेकी छन् । प्युठानको माण्डवी गाउँपालिका–२ ढिकावनका रमेश तीन महीनादेखि थाइराइड क्यान्सरको उपचारका लागि अस्पतालमा भर्ना भएका छन् ।
सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी दिदी कालिकाले अहिलेसम्म ११ लाख रुपैयाँ उपचारमा खर्च भइसकेको भन्दै गाउमा भएको जग्गा पनि तत्काल विक्री हुने अवस्था नभएकाले उपचारमा समस्या भएको बताइन् ।
डाक्टरको सल्लाह अनुसार अझै तीन वर्षसम्म उपचार गर्नुपर्ने पर्ने भएकोले दिदी कालिकाले आर्थिक सहयोगका लागि सबैलाई अपील गरेकी छन् । कालिकाले लागि प्रभु बैंकको ०१७१०७०१२४२७१८०००००१ नम्बरको खातामा वा र ९८०९७२३५९३ मा सम्पर्क गरेर सहयोगको अपील गरेकी छन् ।
।