सूचनाको शक्ति - The Power Of Information

        

आठौं खेलकूद : एथ्लेटिक्सतर्फ आर्मी बन्यो च्याम्पियन

दाङ्ग । नेपाल आर्मी आठौ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पिएन बनेको छ । दाङ तुलसीपुर बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।

त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको शसस्त्र प्रहरीको एपीएफले टिम उपविजेतामा चित्त बुझाउदा नेपाल पुलिस ३ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ तृतिय स्थान हासिल ग¥यो । त्यस्तै ५ नं प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो ।

महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ । बैशाख ५ बाट संचालन भएको प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एनआरएनएको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार १५:४८