सूचनाको शक्ति - The Power Of Information

        

आठौं खेलकुद : कास्यमा चित्त बुझाउँदै घरेलु टिम

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत पुरुष हक्कीतर्फ घरेलु टिम प्रदेश नम्बर ५ ले कास्य पदकमा चित्त बुझाएको छ । सुदूरपश्चिम प्रदेशलाई ३–० गोलले पराजित गरि प्रदेश ५ तेस्रो भएको छ ।

नेपालगन्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा आज भएको खेलमा प्रदेश ५ का खेलाडी मनिष गुरुङले ३६ औँ मिनेटमा पहिलो गोल गरे भने अर्का खेलाडी शशी दर्लामीले ५१ औँ मिनेटमा पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमलाई २–० गोलको अग्रता दिलाए ।

पुलिससँग पराजित भई तेस्रोका लागि प्रदेश ५ सँग भिडेको सुदूरपश्चिमका खेलाडी आक्रामकरुपमा खेल मैदानममा उत्रिए पनि गोल गर्न सकेनन् । सुदूरपश्चिमका खेलाडीलाई पाखा लगाउँदै प्रदेश ५ का रविकान्त कुमारले ५४ औँ मिनेटमा अर्को गोल गरेका थिए । स्वर्ण र रजतका लागि आजै नेपाल पुलिस क्वल र त्रिभुवन आर्मी क्लवबीच फाइनल खेल हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार १३:३५