सूचनाको शक्ति - The Power Of Information

        

भेरी–बबई डाइभर्सनको ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले बटन थिचेपछि सुरुङ बाहिर निस्कियो टिबिएम

बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरबको भेरी–बबई बुहउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको ‘ब्रेक थ्रु’ गरेका छन् । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङ बाहिर निकालेका छन् ।

उक्त कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ता लगायतको सहभागीता भएको कार्यक्रम स्थलमा रहेका स्थानीय एकराज शर्माले टेलिफोनमा बताए । प्रधानमन्त्री ओलीको उक्त कार्यक्रमपछि उनी सिधै बाँकेको शम्शेरगन्जमा आउने छन् ।

शम्शेरगन्जमा उनले सिक्टा सिचाई आयोजनाको नहर निरीक्षण गर्ने कार्यक्रम तय भएको नेकपा बाँकेले जनाएको छ । सिक्टाको निरीक्षणपछि प्रधानमन्त्री ओली त्यहाँबाट सोझै नेपालगन्ज खुलेको होटल सोल्टी वेस्टेण्ड प्रिमियरको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने सोल्टी व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १२:२९