सूचनाको शक्ति - The Power Of Information

        

आठौं राष्ट्रिय खेलकुद : ५ हजार २११ खेलाडीले प्रतिस्पर्धा गर्ने (खेल तालिकासहित)

बाँके । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार २११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद राखेपले बैशाखमा आयोजना हुने प्रतियोगितामा कुल ३५ खेलमा महिला र पुरुष गरि ५ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको हो ।

प्रतियोगितामा सहभागी खेलाडी मध्ये २ हजार ८२५ पुरुष खेलाडी र २ हजार ३८६ महिला खेलाडी रहेका छन् । यस्तै ६४० प्रशिक्षक र ४६१ टिम ब्यबस्थापक रहनेछन् । प्रतियोगिता संचालन गर्न ९२२ राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक रहने राखेपले जनाएको छ ।

प्रतियोगितामा खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार पाउने छन् । त्यस्तै राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने राखेपकासदस्यसचिव केशवकुमार बिष्टले जानकारी दिए ।

प्रदेश पाँचका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगिता बैशाख ५ देखि ११ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन र समापन नेपालगन्ज रंगशालामा हुनेछ । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिस्पर्धा गर्ने बिष्टले बताए ।

उनले प्रतियोगीता सुरु गर्नेबेलासम्म पूर्वाधारका सम्पूर्ण तयारीको काम सक्ने दाबी गरे । प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।

त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ ।

बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको राखेपले जनाएको छ ।

स्वर्ण विजेतालाई १५ हजार

राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार पुरस्कार दिइने भएको छ । यस्तै सामुहिक स्पर्धातर्फ स्वर्ण जित्नेलाई ७ हजार रुपैयाँ दिइने भएको हो । यसअघि सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने खेलाडीलाई १० हजार तथा सामुहिक स्पर्धामा स्वर्ण जित्नेलाई ५ हजार रुपैयाँ दिइएको थियो । यस्तै राष्ट्रिय कीर्तिमान भंग गर्ने खेलाडीले जनही २५ हजारका दरले पुरस्कार दिइने निर्णय भएको राखेप सदस्यसचिव केशबकुमार विष्टले जनाए ।

कुन शिर्षकमा कहाँ, कति खर्च ?

प्रतियोगितामा सञ्चालन हुने खेलहरु

कुन खेल कहाँ, कहिलेबाट ?

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतवार १२:०९