सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमै हतियार बनाउने कारखाना ! (भिडियोसहित)

बाँके । प्रहरीले नेपालगन्जमा हतियार बनाउने कारखाना फेला पारेको छ । नेपालगन्जको डिएसपी रोडमा प्रहरीले हतियार बनाउने कारखाना फेला पारेको वडा प्रहरी कार्यालय, नेपालगन्जका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार सो कारखानामा छापा मारेर हतियार र हतियार बनाउन प्रयोग गरिने सामाग्री बरामद गरिएको छ । प्रदेश नं. ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालय, नेपालगन्जको संयुक्त टोलीले जंगबहादुर नेपालीले सञ्चालन गरेको उक्त कारखानामा छापा मारेको हो ।

प्रहरीले हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गण पेष्तोल १ थान, लामो स्प्रिङ्ग ३ थान, बाकस, आरन लगायतका सामाग्री बरामद गरेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।

हतियार कारखाना सञ्चालन गरेका जंगबहादुरले हतियार मर्मतको अनुमति लिएर नयाँ हतियारसमेत बनाएर विक्री गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । बरामद गरेका हतियार र कारखाना सञ्चालन गरेका जंगबीरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार १३:३१