बाँके । २०७५ भित्रै उद्घाटन गर्ने गरी तयारी थालिएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केहिसमय पर सर्ने संकेत देखिएको छ । सोमबार बाँके र बर्दियाका पूर्वाधारहरु अवलोकन गरेर फर्किएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिता सुरु गर्नुभन्दा पहिले भौतिक निर्माण गुणस्तरको हुनुपर्ने बताए ।
मन्त्री विश्वकर्माले अहिलेको अवस्था हेर्दा चैत्रको अन्यमा सुरु गर्न नसकिने जस्तो देखिएकोले बैशाखको पहिलो वा दोश्रो हप्तामा गर्दा उचित हुनेमा बताए । अहिले भौतिक पूर्वाधार पुरा नहुदै मिति तोक्न हतार नगर्न सम्बद्धहरुलाई युवा तथा मन्त्री विश्वकर्मालाई आग्रह गरेका छन् । पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा भएको देखिन्छ ।
२० दिन अझै पूर्वाधार निर्माणमा लाग्ने देखिएकोले सम्बन्धित निर्माण कम्पनीसँगँ बसेर थप छलफल गरीने मन्त्री विश्वकर्माले बताए । ‘एक हप्ताभित्र बोर्डको बैठक बसेर मिति तय गर्छाैँ । हामी पूर्वाधार निर्माण गर्ने प्रारम्भीक चरणमै भएकाले यतिछिट्टै निर्माण पनि भैरहेकोले छिट्टै मिति पनि तय हुनेछ,’ उनले भने ।
२७ गते हुने भनेर भनिएको अहिलेलाई हल्ला मात्र भएको मन्त्रि विश्वकर्माले प्रष्टाए । उनले उद्घाटन समारोह पनि २०७६ मै हुनसक्ने आशय व्यक्त गरे । मन्त्री विश्वकर्माले नेपालगन्जमा भैरहेको भौतिक निर्माण पुर्खौसम्मका लागि हुने बताए ।
यसैबीच, मन्त्री विश्वकर्माले आठौँ राष्ट्रिय प्रतियोगिताका लागि रुपन्देही, दाङ, बर्दिया र बाँकेमा निर्माण भइरहेका पूर्वाधारको निरीक्षण गरेका छन् । रुपन्देहीको बुटवल, दाङ हुँदै बर्दिया पछि बाँकेमा निर्माण सम्पन्न भएका र निर्माणाधिन संरचनाको निरीक्षण गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।
प्रतियोगिताका लागि निर्माणाधिन अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री सुनारले तीब्र गतिमा निर्माणको काम भइरहेको बताए । अधिकांश संरचना अन्तिम चरणमा पुगेको बताउँदै उनले केहि संरचना सम्पन्न हुने क्रममा रहेको बताए । उनले निर्माण कम्पनी र प्राविधिकसँग पनि निर्माणाधिन संरचनाका बारेमा राय, सुझाव लिएका छन् ।
नेपालगन्ज रंगशालामा निर्माण कम्पनी र प्राविधिकसँग निर्माणाधिन पूर्वाधारका बारेमा जानकारी लिएको अध्यक्ष ओलीले बताए । उनले भिआइपी प्यारापिट, ट्रयाक एण्ड फिल्ड, सुटिङ, भारोत्तोलन, स्विमिङ, कवर्ड हल लगायतका संरचनाको अवस्थाका बारेमा मन्त्री सुनारले जानकारी लिए ।
मन्त्री सुनारले दाङको बेलझुण्डीमा निर्माणाधिन ट्रयाक एण्ड फिल्ड, घोराहीको बास्केटबल कोर्ट, तुलसीपुरको कराँते कवर्ड हल, लमहीको क्रिकेट मैदान, घोराहीको ब्याडमिन्टन कोट, बाँकेको कोहलपुरस्थित क्रिकेट मैदान, बर्दिया बाँसगढीको कवड्डी हल, भुरीगाउँको खो–खो, गुलरियाको एथलेटिक्स ट्रयाक, सेपाकटाक्रो हल लगायत संरचनाको निरीक्षण गरेर नेपालगन्ज फर्किएका छन् ।
हात्तीको छावा ‘मस्कट’ अनावरण
मन्त्री सुनारले आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्ज रंगशालामा स्थापना गरिएको हात्तीको छावा ‘मस्कट’ को सोमवार अनावरण गरेका छन् । यसअघि ५ नंं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गर्ने कार्यक्रम तय भएको थियो । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि अनावरण कार्यक्रम स्थगित भएको थियो ।
सत्यपाटी - ।