सूचनाको शक्ति - The Power Of Information

        

बेतहनीका ६ हजार परिवारलाई झुल

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीका स्थानीयलाई किटनाशकयुक्त झुल वितरण गरिएको छ । बेतहनीका विभिन्न गाउँका करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको हो ।

बेतहनी स्वास्थ्य चौकीमा आज आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गर शुभारम्भ गर्दै डुडुवा क्षेत्रका नागरिकमा अशिक्षा, सचेतनाको अभावले स्वास्थ्य भएको बताए ।

उनले यो क्षेत्र औलोको उच्च जोखिम भएकाले यो झुलले रोग लाग्नबाट बचाउनमा सहयोग पुरयाउने भन्दै गाउँपालिकाले समेत स्वास्थ्य सेवा अभियान सञ्चालन गरिरहेको बताए । नेपाल सरकार, सेभ द चिल्ड्रेन र लाइफलाइन नेपालको सयुक्त सहयोग तथा वडा कार्यालयको संयोजनमा झुल वितरण गरिएको वडाध्यक्ष गजेन्द्र कैराँतीले बताए ।

वितरण कार्यक्रममा वडाध्यक्ष कैराँती, कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य रेखादेवी खटिक लगायतको उपस्थिति रहेको थियो । औलोको उच्च जोखिममा रहेका क्षेत्रमा लामखुट्टेबाट बच्नका लागि झुल वितरण गरिएको लाइफलाइनका फिल्ड अफिसर रवि पाठकले बताए । ५ वर्षभन्दा माथिको उमेरका दुई जना बराबर एउटाका दरले झुल वितरण गरिएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १५:२७